कागजातविहीनको देशनिकालाका लागि टेक्सासबाट ट्रम्पलाई जमिन प्रस्ताव


प्रकाशित मिति : मंसिर ७, २०८१ शुक्रबार

Migrants climb over a barbed wire fence after crossing the Rio Grande into US from Mexico, in Eagle Pass, Texas on August 25, 2023. (Photo by SUZANNE CORDEIRO / AFP)

टेक्सासले अमेरिकी–मेक्सिको सीमामा संभावित ठूलो स्तरमा देशनिकालाका लागि ट्रम्पलाई जमिन प्रस्ताव गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संभावित ठूलो स्तरको देशनिकालाको लागि टेक्सासले अमेरिकी–मेक्सिको सीमामा रहेको ग्रामीण जमिन प्रस्ताव गरेको हो ।

यो जमिन टेक्सासले गत महिना खरिद गरेको थियो । यो जमिन रियो ग्रान्ड भ्यालीको ग्रामीण स्टार काउन्टीमा रहेको छ। टेक्सास ल्यान्ड कमिश्नर डन बकिंघमले गतसाता ट्रम्पलाई पत्र लेख्दै यो प्रस्ताव राखेकी हुन्।

यो जमिनमा पिच भएका बाटाहरू छैनन् । यो एक मात्र सार्वजनिक अस्पताल र सीमित स्थानीय स्रोतहरू भएको काउन्टीमा रहेको छ। तर बकिंघमले यसको स्थानलाई विशेष महत्व दिएकी िछन् । जमिन धेरै समथर रहेको र प्रमुख विमानस्थलहरू नजिकै रहेकाले यदि यो उपयोगी भएमा संघीय सरकारसँग साझेदारी गर्न चाहने उनको भनाई छ । यदि उपयोगी नभएमा ट्रम्पलाई मद्दत गर्न अन्य उपायहरू खोज्न जारी राख्ने उनको भनाई छ ।

१४०० एकड क्षेत्रफल भएको यो जमिन नयाँ ट्रम्प प्रशासनलाई प्रस्ताव गर्दै उनले राष्ट्रको इतिहासमा हिंसात्मक अपराधीहरूको सबैभन्दा ठूलो देशनिकालालाई प्रशोधन, हिरासत, र समन्वय गर्नको लागि सुविधा निर्माण गर्न आफू राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एकतामा उभिएको उनको भनाई थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो जमिन प्रस्ताव ट्रम्पको योजना अनुसार अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई देशनिकाल गर्न सहयोग गर्ने वा प्रतिरोध गर्ने विषयमा राज्य र स्थानीय सरकारहरूबीचको स्पष्ट विभाजनको अर्को उदाहरण हो। मंगलबार लस एन्जलस सिटी काउन्सिलले कागजात नभएकाहरुका लागि सुरक्षित क्षेत्र बन्ने निर्णय गर्दै संघीय आप्रवासन अधिकारीहरूसँगको सहकार्यलाई सीमित गर्ने प्रस्ताव पारित गरेको थियो।

टेक्सासका नेताहरूले सीमामा प्रवेश रोक्न कडा उपायहरूको लामो समयदेखि समर्थन गर्दै आएका छन्, जसमा काँडेतारको बारहरू राख्ने र गत वर्ष कानुन पास गर्ने लगायत समावेश छन् ।

ट्रम्पले आफ्नो राष्ट्रपति पदको पहिलो दिनमा नै देशनिकालाको प्रक्रिया सुरु गर्ने योजना बनाएको बताएका छन्। उनले आफ्नो चुनावी अभियानमा अवैध आप्रवासनको कडा आलोचना गरेका थिए, जसलाई उनले लागुऔषध तस्करीदेखि घरभाडा महँगो हुने सम्मका समस्याहरूसँग जोडेका थिए।

अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका अनुमानित १ करोड १० लाख व्यक्तिहरू छन्। कसरी उनीहरूलाई पहिचान गरिने र कहाँ हिरासतमा राखिने भन्ने विषयमा अझै प्रश्नहरू उठिरहेका छन्।

नव निर्वाचित राष्ट्रपति ट्रम्पको ट्रान्जिसन टिमले टेक्सासको प्रस्ताव स्वीकार गर्ने वा नगर्ने विषयमा कुनै टिप्पणी गरेको छैन । कार्यभार सम्हालेको पहिलो दिनमै राष्ट्रपति ट्रम्पले सिमाना सुरक्षित गर्न, समुदायको सुरक्षा गर्न र इतिहासकै सबैभन्दा ठूलो देशनिकालाको अभियान सुरु गर्न हरेक शक्ति प्रयोग ट्र्रम्पको टिमका प्रवक्ता क्यारोलिन लेविटले बताएकी थिइन् ।

टेक्सास जनरल ल्यान्ड अफिसले यो जमिनका लागि कति रकम तिरेको भन्ने खुलासा गरेको छैन । तर बकिंघमका अनुशार जमिनको अघिल्लो मालिकले सीमा पर्खालको निर्माणको विरोध गरेका थिए।

सन् २०२१ मा रिपब्लिकन गभर्नर ग्रेग एबटको कार्यकालमा यस जमिनमा साढे २ किलोमिटरको सीमा पर्खाल निर्माण गरिएको थियो। बकिंघमले हालैको खरिदसँगै राज्यले थप सीमा पर्खाल निर्माणका लागि अर्को बाटो बनाएको बताइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com