ट्रम्पद्वारा देशनिकालाका लागि राष्ट्रिय संकटकाल घोषणा गर्ने र सेना प्रयोग गर्ने योजनाको पुष्टि


प्रकाशित मिति : मंसिर ३, २०८१ सोमबार

अमेरिकी राष्ट्रपतिमा पुन निर्वाचित डोनाल्ड ट्रम्पले गैरकानूनी रूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई व्यापक रूपमा देश निकाला गर्न राष्ट्रिय संकटकाल घोषणा गर्ने र सेना समेत परिचालन गर्ने योजना पुष्टि गरेका छन्। सोमबार ट्रम्पले सामाजिक सञ्जालमा ज्यूडिसियल वाचका टम फिटनको पोस्टमा प्रतिक्रिया दिएका थिए, जसले यसअघि यो महिना नवनिर्वाचित प्रशासन यस्तो घोषणा गर्ने र देश निकाला गर्न सैन्य शक्तिको प्रयोग गर्ने तयारी गरिरहेको रिपोर्ट गरेका थिए।

टम फिटनको भनाई सत्य रहेको उल्लेख गर्दै ट्रम्पले सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् । ट्रम्पले यस अगाडि नै कार्यभार सम्हालेको पहिलो दिनमै अमेरिकी इतिहासको सबैभन्दा ठूलो देश निकाला कार्यक्रम सुरु गर्ने वाचा गरेका छन्। राष्ट्रपतीय चुनावको अन्त्यतिर म्याडिसन स्क्वायर गार्डेनमा भएको र्‍यालीमा उनले हरेक सिटी र गाउँलाई अपराधीहरूले कब्जा गरेको ठाउँबाट मुक्त गराउने तथा हिंस्रक अपराधीहरूलाई जेल हालेर सकेसम्म चाँडो देश निकाला गर्ने बताएका थिए ।

पहिले नै उनले आप्रवासन नीतिमा कठोर दृष्टिकोण राख्ने व्यक्तिहरूलाई प्रमुख क्याबिनेट पदहरूमा चयन गरिसकेका छन्। साउथ डाकोटाका गभर्नर क्रिस्टी नोएमलाई होमल्याण्ड सेक्युरिटी सेक्रेटरी बनाउने घोषणा गरिएको छ, जुन सिनेटले अनुमोदन गर्नुपर्नेछ। पूर्व अमेरिकी आप्रवासन तथा सीमा संरक्षण निर्देशक टम होम्यानलाई सिमाना प्रमुख बनाइने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

होम्यानले यसअघि आफ्नो व्यापक देश निकाला कार्यक्रमको योजना व्यक्त गरेका थिए, जसले अपराधी र राष्ट्रिय सुरक्षामा खतराका रूपमा चिनिएका व्यक्तिहरूलाई पहिले देशनिकाला गर्नेमा केन्द्रित गर्नेछ। उनले परिवारसहित देश निकाला गर्ने कुरालाई पनि नकारेका छैनन्। यो साता उनले योजनाको अन्तिम तयारी गरिरहेको बताएका थिए ।

चुनावी अभियानका क्रममा ट्रम्पले नेशनल गार्डलाई पनि देश निकाला कार्यमा प्रयोग गर्ने बताएका थिए। यस कदमले अमेरिकामा सैन्य भूमिकामा ठूलो परिवर्तन ल्याउन सक्ने विज्ञहरूले बताएका थिए। ट्रम्पले विदेशस्थित सैनिकहरूलाई अमेरिका मेक्सिको सीमामा तैनाथ गर्ने प्रस्तावसमेत गरेका थिए।

अमेरिकामा अनुमानित ११ मिलियन कागजात नभएका आप्रवासीहरू छन्। उनीहरूको देश निकाला गर्नका लागि वार्षिक अरबौं डलर खर्च हुनसक्ने अमेरिकी आप्रवासन काउन्सिलको अनुमान छ। साथै व्यापक रूपमा देश निकाला गर्दा कर राजस्वमा हानि र श्रमिकहरूको अभावले अर्थतन्त्रमा पनि असर पर्नसक्छ। ट्रम्पको आप्रवासन र व्यापक देश निकाला योजनाले अमेरिकी कृषि उद्योगमा प्रभाव पार्नसक्ने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com