अक्टोबरमा १२ नेपालीलाई अमेरिकाबाट देशनिकालाको आदेश, क्रेडिबल फियर अस्वीकृत हुनेको संख्या बढ्दो


प्रकाशित मिति : मंसिर २, २०८१ आईतबार

गत महिना अर्थात् अक्टोबरमा अमेरिकाको अध्यागमन अदालतबाट १२ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार अक्टोबरमा १७६ जना नेपालीका एसाइलम लगायतका मुद्दाको अन्तिम सुनुवाई भएकोमा ५२ जनाको एसाइलम स्वीकृत भएको थियो । ३१ जनाको प्रकृया खारेज गरिएको थियो भने ४३ जनाको एसाइलमका लागि क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएको थियो ।

अक्टोबर महिनामा ठूलो संख्यामा नेपालीहरुको क्रेडिबल फियर नभएको निष्कर्ष अध्यागमन अदालतले निकालेको हो । सोही महिना २१ जनाको क्रेडिबल फियर भएको निर्धारण गरिएको थियो भने १० जनाको नोटिस टु अपियर नै फाइल गरिएको थिएन । ५ जनाको अन्य प्रकारको केस बन्द गरिएको थियो भने २ जनालाई स्वेच्छिक रुपमा अमेरिका छाड्न आदेश दिइएको थियो ।

गत आर्थिक बर्ष २०२४ मा नेपालीका कुल १४४१ मुद्दाहरुको अध्यागमन अदालतले निर्णय दिएको थियो । जसमध्ये ६०६ जनाको राहत स्वीकृत गरिएको थियो भने ३४६ जनाको प्रकृया खारेज गरिएको थियो । १९७ जनालाई देशनिकालाको आदेश दिइएको थियो भने १४१ जनाको नोटिस टु अपियर फाइल गरिएको थिएन । ६४ जनाको क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएको थियो भने ३८ जनाको अन्य प्रकारको केस बन्द गरिएको थियो । २७ जनाको क्रेडिबल फियर भएको निष्कर्ष निकालिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२४ को सेप्टेम्बरमामात्र २० जना नेपालीको क्रेडिबल फियर नभएको निष्कर्ष अदालतले निकालेको थियो । उक्त महिना १३७ वटा मुद्दाको अध्यागमन अदालतले निर्णय दिएकोमा ५० जनाको राहत स्वीकृत गरिएको थियो भने २३ जनाको प्रकृया खारेज गरिएको थियो । २० जनालाई देशनिकालाको आदेश दिइएको थियो भने १० जनाको नोटिस टु अपियर नै फाइल नगरेको पाइएको थियो ।

यस अगाडि २०२४ को अगस्तमा २८ जना र जुलाईमा ७ जनाको क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएको थियो । जुनमा भने ४ जनाको क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएको थियो भने यो संख्या मे महिनामा पनि ४ नै थियो । अप्रिलमा १ जना नेपालीकोमात्र क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएको थियो भने मार्चमा ३ र फरबरीमा १ थियो । यो तथ्यांक हेर्दा क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएका नेपालीका अध्यागमन मुद्दाको संख्या पछिल्लो महिनामा बढ्दो रहेको छ । स्वेदश फर्कन कुनै डर नभएको निष्कर्ष निकालिएको खण्डमा क्रेडिबल फियर नभएको ठहर गरिन्छ ।

अहिलेसम्म १५ हजार ३ सय ६५ जना नेपालीहरुका एसाइलम लगायतका मुद्दाको अध्यागमन अदालतले सुनुवाई गरिसकेको छ, जसमध्ये ७ हजार ५ सय ९५ जनाको राहत स्वीकृत गरिएको थियो भने ३ हजार ४ सय ४९ जनालाई देशनिकालाको आदेश दिइएको थियो । १६२२ जनाको प्रकृया खारेज गरिएको थियो भने ६२९ जनाको मुद्दा अन्य तरिकाले बन्द गरिएको थियो । त्यस्तै ६१० जनालाई स्वेच्छिक रुपमा देश छाड्न आदेश दिइएको थियो भने ४०५ जनाको क्रेडिबल फियर नै नभएको ठहर गरिएको थियो ।

त्यस्तै ३६१ जनाको नोटिस टु अपियर नै फाइल गरिएको थिएन भने २७२ जनालाई प्रोसिक्युटरल डिस्क्रिसन अर्थात् पीडी प्रदान गरिएको थियो । बाइडेन प्रशासनका पालामामात्रै अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या ६ सय भन्दा बढी रहेको छ । ट्रम्प प्रशासनको पालामा झण्डै ९ सय जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com