९ महिनामा ९ हजार नेपालीले पाए अमेरिकाको ग्रिनकार्ड, अमेरिका आएर एड्जस्ट गर्ने ३१७०


प्रकाशित मिति : मंसिर २, २०८१ आईतबार

आर्थिक बर्ष २०२४ का ९ महिनामा ९ हजार १० जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेको तथ्यांक अमेरिकी सररकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । जसमध्ये अमेरिका आइसकेपछि ग्रिनकार्ड आवेदन दिएर ग्रिनकार्ड प्राप्त गर्नेहरु ३ हजार १ सय ७० र नेपालबाटै आप्रवासी भिसामा आउनेहरु ५ हजार ८ सय ४० छन् ।

यीमध्ये पहिलो क्वार्टरमा २३८०, दोश्रो क्वार्टरमा २७८० र तेश्रो क्वार्टरमा ३८६० जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका छन् । योसँगै विगत १२ बर्षमा अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १ लाख ३५ हजार नाघेको छ । आर्थिक बर्ष २०२४ मा अनुमानित झण्डै १२ हजार नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका छन् ।

गत आर्थिक बर्ष २०२३ मा कुल ११६४० जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए । जसमध्ये अमेरिका आइसकेपछि ग्रिनकार्ड आवेदन दिएर ग्रिनकार्ड प्राप्त गर्नेहरु ४ हजार ८० र नेपालबाटै आप्रवासी भिसामा आउनेहरु ७ हजार ५ सय ६० रहेका थिए । यो संख्यामा ३३७५ डिभी लोटरी विजेताहरु र १ हजारको हाराहारीमा एसाइलमबाट ग्रिनकार्ड पाउनेहरु थिए । अर्थात् रोजगार र परिवारमा आधारित ग्रिनकार्ड पाउनेहरु ८ हजारको हाराहारीमा थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अघिल्लो आर्थिक बर्ष २०२२ को तथ्यांक हेर्दा १२ हजार १० जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए । तीमध्ये २८९४ जना डिभी लोटरीमार्फत र १२६२ जनाले एसाइलममार्फत ग्रिनकार्ड प्राप्त गरेका थिए । झण्डै ८ हजार नेपालीहरुले परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउन सफल भएका थिए ।

तथ्यांक हेर्दा सन् २०१३ मा १३ हजार ४६, सन् २०१४ मा १२ हजार ३ सय ५७, सन् २०१५ मा १२ हजार ९ सय २६, सन् २०१६ मा १२ हजार ८५१, सन् २०१७ मा ११ हजार ६ सय १०, सन् २०१८ मा ११ हजार ९ सय ५३, सन् २०१९ मा १० हजार २ सय १ जना नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका थिए । कोरोना महामारीका बाबजुत २०२० मा ७ हजार ८ सय ४७ र २०२१ मा ७ हजार ३ सय ९ नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका थिए ।

२०१३ अगाडिको समेत तथ्यांक जोड्दा अहिलेसम्म २ लाख ६ हजार ५ सय ४ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड लिइसकेका छन् । जसमध्ये झण्डै ८७ हजारले अमेरिकी नागरिकता प्राप्त गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com