अमेरिकाले २०२५ मा ६६ हजारका अतिरिक्त ६४ हजार अस्थायी कामदार भित्राउने, को योग्य?


प्रकाशित मिति : कार्तिक ३०, २०८१ शुक्रबार

group of person on stairs

अमेरिकामा आर्थिक बर्ष २०२५ का लागि ६६ हजारका अतिरिक्त ६४ हजार ७ सय १६ गैर कृषि अस्थायी कामदार भिसा उपलब्ध गराइने अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले घोषणा गरेको छ ।   संसदले हरेकबर्षका लागि तोकेको कोटा ६६ हजार भएतापनि २०२५ का लागि थप भिसाहरु पनि उपलब्ध हुनेछन् ।

आतिथ्य, पर्यटन, ल्याण्डस्केपिङ, समुद्री खाना प्रशोधन र मौसमी वा अन्य अस्थायी काममा अमेरिकी व्यवसायहरुमा विदेशी कामदारहरु ल्याउनका लागि एच टु बी भिसाको प्रयोग गरिन्छ । पूरक भिसा विनियोजनले धेरै कम अमेरिकी कामदारहरू उपलब्ध हुने क्षेत्रमा मौसमी वा अन्य अस्थायी कामदारहरूको आवश्यकतालाई सम्बोधन गर्दै अमेरिकी अर्थतन्त्रमा योगदान पुर्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

एच टु बी भिसा विस्तारले अनियमित माइग्रेसनको विकल्पको रूपमा वैध मार्गहरू विस्तार गर्ने बाइडेन प्रशासनको प्रतिज्ञालाई प्रतिबिम्बित गरेको छ । आर्थिक बर्ष २०२४ को सुरुमा यी पूरक भिसाहरू उपलब्ध गराउने योजनाहरू घोषणा गरेर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कामदार आवश्यकता भएका अमेरिकी व्यवसायहरूले अग्रिम योजना बनाउने र उनीहरूलाई चाहिने मौसमी र ​​अन्य अस्थायी कामदारहरू फेला पार्न सक्षम हुने सुनिश्चित गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुरक कामदार भिसा मध्ये २० हजार भिसा कोलम्बिया, कोस्टारिका, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, हाइटी र होन्डुरसका कामदारहरूलाई छुट्याइने अपेक्षा गरिएको छ। त्यस्तै ४४ हजार ७ सय १६ पुरक भिसाहरु विगत ३ बर्षको अवधिका कुनै बर्षमा एच टु बी भिसा प्राप्त गरेका वा अहिले प्राप्त गरेका फर्केर आउने कामदारहरुलाई उपलब्ध गराइनेछ । आर्थिक वर्षको पहिलो आधा र दोस्रो आधा बीचमा फर्किने कामदारहरूको लागि यी पूरक भिसाहरू प्रदान गरिनेछ । खासगरी समरमा कामदारहरूको माग पूरा गर्नका लागि यी भिसाहरुको प्रयोग गरिनेछ ।

अस्थायी कामदार भिसा एच टु कार्यक्रमहरूले निश्चित अमेरिकी रोजगारदाता वा एजेन्टहरूलाई अस्थायी कामहरू भर्नका लागि विदेशी नागरिकहरूलाई अमेरिकामा ल्याउन अनुमति दिन्छ । पर्याप्त अमेरिकी कामदारहरू नभएकाहरुले अस्थायी काम गर्न सक्षम, इच्छुक, योग्य र उपलब्धहरुलाई अमेरिका ल्याउन सक्छन् । रोजगारदाता वा एजेन्टले सम्भावित कामदारको तर्फबाट गैरआप्रवासी कामदारको लागि निवेदन फारम आई १२९ फाइल गर्नुपर्छ ।

साथमा योग्य अमेरिकी कामदारहरू रोजगारीको अवसर भर्न उपलब्ध नभएकाले विदेशबाट ल्याउनुपरेको लेबर डिपार्टमेन्टको प्रमाणीकरण गर्नुपर्छ । विदेशी कामदारको रोजगारीले अमेरिकामा समान रूपमा कार्यरत कामदारहरूको ज्याला र कामको अवस्थालाई प्रतिकूल असर नपार्ने पनि प्रमाणिकरण गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com