१० महिनामा विनाभिसा अमेरिका छिर्न खोज्दा ३ हजार नेपाली पक्राउ, झन् बढे बाइडेनको प्रतिबन्धपछि


प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाएलम प्रतिबन्धपछिको दोश्रो महिनामा मानवतस्करमार्फत विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ पर्ने नेपालीहरुको संख्यामा पहिलो महिनाका तुलनामा र प्रतिबन्ध अगाडिको महिनाका तुलनामा समेत बृद्धि भएको देखिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाएलम प्रतिबन्धपछिको पहिलो महिना जुन २०२४ मा मानवतस्करमार्फत विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ पर्ने नेपालीहरुको संख्यामा बृद्धि भएको देखिएको थियो । जुलाईमा यो संख्यामा अझ बृद्धि भएको छ । पक्राउ पर्नेहरुको कुल संख्यामा गिरावट आएतापनि नेपालीको संख्यामा भने बृद्धि देखिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ ।

बाइडेन प्रशासनले जुनको पहिलोसातादेखि सिमाक्षेत्रमा एसाइलममा प्रतिबन्धहरु लागु गरेको थियो । प्रतिबन्ध लागु भएको जुन महिनामा विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ पर्ने नेपालीहरुको संख्या २ सय रहेको थियो । जुलाईमा यो संख्या अझ बढेर २१० पुगेको छ जबकी प्रतिबन्ध लागु हुनु अगाडि मे महिनामा १८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।

योसँगै गत आर्थिक बर्षका १० महिनामा ३०७० नेपालीलाई मानवतस्करमार्फत विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा अमेरिकी सिमा सुरक्षा गस्तीले पक्राउ गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपालीका सन्दर्भमा अगस्त र सेप्टेम्बरको तथ्यांक अझै आइसकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ पर्नेहरु २०२४ को जनवरीमा २०० जना, फेब्रुअरीमा २३० जना, मार्चमा १६०, अप्रिलमा ३१० जना रहेका थिए । सन् २०२३ को डिसेम्बरमा ४२० जना, नोभेम्बरमा ५५० जना र अक्टोबरमा ६१० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए ।

आर्थिक बर्ष २०२४ का पछिल्ला महिनाहरुमा यो संख्यामा केही गिरावट देखिएको छ । बाइडेनको प्रतिबन्ध अगाडि आर्थिक बर्ष २०२३ को १२ महिना  र २०२४ को ९ महिनाको यो तथ्यांक विगतका बर्षहरुको तुलनामा निकै उच्च रहेको छ ।

२०१४ देखि २०२२ सम्म ९ बर्षको अवधिमा जम्मा ५१८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गर्दा पक्राउ परेका थिए । तर त्यसको तुलनामा २०२२ को अक्टोबरदेखिको २२ महिनामा धेरै नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्दा पक्राउ परेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ, जुन संख्या ६२ सय रहेको छ । यो संख्या केबल अमेरिका प्रवेशका क्रममा सिमा सुरक्षा गस्तीसँग जम्काभेट हुनेहरुकोमात्र हो ।

अघिल्लो आर्थिक बर्ष २०२३ मा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै ३१४० जना नेपालीहरु विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए । उक्त आर्थिक बर्षको पहिलो महिना २०२२ को अक्टोबरमा १७०, नोभेम्बरमा २२०, डिसेम्बरमा ३२०, २०२३ को जनवरीमा १४०, फरबरीमा १००, मार्चमा १३०, अप्रिलमा २६०, मेमा ४६०, जुनमा ४८०, जुलाईमा ३१०, अगस्तमा २४०, सेप्टेम्बरमा ३३० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए ।

आर्थिक बर्ष २०२२ मा यसरी अमेरिका प्रवेश गर्ने नेपालीहरुको संख्या १४९० थियो भने २०२१ मा ४२० जना नेपालीहरुमात्र विनाभिसा अमेरिका प्रवेश गरेका थिए । बाइडेन प्रशासनमा ७ हजार ४ सय १० नेपालीहरु विनाभिसा प्रवेश गर्ने क्रममा पक्राउ परेका छन् जबकी ट्रम्प प्रशासनको ४ बर्षमा १८५० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए । अर्थात् आर्थिक बर्ष २०१७ मा ६५०, २०१८ मा ७२०, २०१९ मा ३४० र २०२० मा १४० जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परे ।

त्यस अगाडि २०१४ मा ४६०, २०१५ मा ४१०, २०१६ मा ५५० जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीको जम्काभेटमा परेका हुन् । तीमध्ये कतिपय तत्काल अमेरिकामा रिहा भएका थिए भने कतिपयलाई अध्यागमन हिराशतमा राखिएको थियो । त्यसमध्ये केही अमेरिकाबाट देशनिकालामा समेत परेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com