आप्रवासन विरोधी विचारका एलन मस्कले नै अमेरिकामा केहीसमय अवैध रुपमा काम गरेको खुलासा


प्रकाशित मिति : कार्तिक ११, २०८१ आईतबार

आप्रवासन विरोधी विचारका अर्बपति एलन मस्कले नै अमेरिकामा केहीसमय अवैध रुपमा काम गरेको खुलासा भएको छ । दक्षिण अफ्रिकी अर्बपति मस्कका आप्रवासनविरोधी विचार आइरहँदा यस्तो खुलासा भएको हो ।

एलन मस्कले क्यालिफोर्नियामा स्नातकोत्तर अध्ययन कार्यक्रमपछि केही समय अमेरिकी कानुनलाई उल्लङ्घन गर्दै काम गरेको जनाइएको छ । यो घटना मस्कका आप्रवासनविरोधी विचारसँग बाझिएको देखाइएको छ।

टेस्ला र स्पेसएक्सका मालिक मस्कले हालै राष्ट्रपति पदका लागि दोश्रोपटक उम्मेदवारी दिएका डोनाल्ड ट्रम्पको समर्थन गर्दै खुला सीमाको विरोध गरिरहेका छन् । उनको सोशल मिडिया प्लेटफर्म एक्समा यसको प्रोमोशन समेत गरेका छन्। मस्कले पहिले आफूले विद्यार्थीबाट उद्यमी बन्ने क्रममा कानुनी रूपमा ग्रे एरियामा रहेको बताएका थिए।

वासिङ्टन पोस्टमा प्रकाशित ले शनिबारको रिपोर्टमा विश्वकै धनी व्यक्ति मस्कले १९९५ मा स्टानफोर्ड विश्वविद्यालय छोडेपछि सही कानुनी अनुमति बिना नै काम गरिरहेको बताएको छ। उनी त्यतिबेला आफ्नो पहिलो कम्पनी जिप २ मा काम गरिरहेका थिए, जुन कम्पनी चार वर्षपछि लगभग ३ सय मिलियन डलरमा बिक्री भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा देशी विद्यार्थीहरूलाई तलब नपाए पनि कम्पनी स्थापना गर्न अनुमति दिइँदैन। यद्यपी सन् २००१ मा अमेरिकामाथि भएको सेप्टेम्बर ११ को आतंकवादी आक्रमणभन्दा पहिले विद्यार्थी भिसाका नियमहरू बढी लचिलो थियो । विद्यार्थी भिसामा ओभरस्टे हुने कुरा सामान्य भए पनि अवैध नै हो।

मस्कले टेस्लामा १,२१,०००, स्पेसएक्समा लगभग १३,००० र एक्समा लगभग ३,००० जनालाई रोजगारी दिएका छन्। स्टानफोर्ड छोडेपछि उनको आप्रवासन स्थितिलाई लिएर भएको यो छानबिन ट्रम्पले आफू निवार्चित भएमा मस्कलाई उनको कुशलताका लागि उच्च भूमिका दिन चाहेकोमा केन्द्रित रहेको छ।

मस्कले उपराष्ट्रपति कमला ह्यारिस र अन्य डेमोक्र्याटहरूलाई अवैधरुपमा र टीपीएस मार्फत मतदाता आयात गरेको आरोप पनि लगाएका छन्। ट्रम्पको चुनावी कार्यक्रममा उनले अमेरिका–मेक्सिको सीमालाई जम्बी एपोकालिप्ससँग तुलना गरेका थिए। यद्यपि मस्कले आफूलाई आप्रवासी समर्थक भनेका थिए।

हालै मस्कको एक्स अकाउन्टबाट पोष्ट गरिएका ५३,००० भन्दा बढी पोस्टको विश्लेषण गर्दा उनले यो चुनाव वर्षमा आप्रवासन र मतदाता ठगीबारे बढी ध्यान दिएको पाइएको थियो। सन् २०२४ मा आप्रवासन र मतदाता ठगीका सन्दर्भमा मस्कले सबैभन्दा बढी पोस्ट गरेको र ती पोष्टहरु लगभग १० बिलियन पटक हेरिएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com