२०२४ मा १४ हजारभन्दा धेरै नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा, गतबर्षको तुलनामा दोब्बरभन्दा बढी


प्रकाशित मिति : आश्विन १८, २०८१ शुक्रबार

एकै महिनामा १४५० जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार अगस्तमा १४५० जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् भने उनीहरुका थप ६८ डिपेन्डेन्टहरुले पनि अमेरिकाको एफ टु श्रेणीको भिसा पाएका छन् । अमेरिकी दूतावास काठमाडौंलेमात्र अगस्तमा १२२६ जनालाई विद्यार्थी भिसा जारी गरेको थियो । नेपालीहरुले काठमाडौंबाहेक अन्य स्थानमा रहेका अमेरिकी दूतावासबाट समेत विद्यार्थी भिसा लिएका थिए ।

जुलाईमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा चालु आर्थिक बर्षमै अभूतपूर्व रेकर्ड कायम भएपनि त्यसको तुलनामा अगस्तमा केही कमी देखिएको थियो । जुलाईमा कुल १७८८ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए, जुन चालु आर्थिक बर्षकै सबैभन्दा धेरै हो । उनीहरुका ६३ जना डिपेन्डेन्टहरुले पनि एफ टु भिसा पाएका थिए ।

गत आर्थिक बर्षको ११ महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या १२ हजार ४ सय ३८ पुगेको थियो । सेप्टेम्बरको अनुमानित संख्या जोड्दा आर्थिक बर्ष २०२४ ममा १४ हजारभन्दा धेरै नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् ।  गत जुनमा पनि अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा नयाँ रेकर्ड कायम भएको थियो । जुनमा १७ सय जना नेपाली विद्यार्थीहरु र ७६ जना उनीहरुका डिपेन्डेन्टहरुले अमेरिकाको भिसा पाएका थिए । यो संख्या चालु आर्थिक बर्षको ९ महिनामा सबैभन्दा धेरै थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मे महिनामा सन् २०२४ को जनवरीयताकै सबैभन्दा धेरै १५०८ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । उनीहरुका ६० जना डिपेन्डेन्टहरुले पनि एफ टु श्रेणीको भिसा पाए ।

जनवरीमा ११०१ जना, फेब्रुअरीमा २०१ जना, मार्चमा ३९५ जना र अप्रिलमा १३९९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । अमेरिकाको आर्थिक बर्ष २०२४ को सुरुको ३ महिना अर्थात् सन् २०२३ को अक्टोबर, नोभेम्बर र डिसेम्बरको अवधिमा २८९६ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए ।

अक्टोबरमा ५०८, नोभेम्बरमा ७८४ र डिसेम्बरमा १६०४ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । त्यो बाहेक उनीहरुका १११ जना डिपेण्डेटहरुले पनि अमेरिकाको एफ टु श्रेणीको भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आर्थिक बर्ष २०२३ मा ६ हजार २ सय ३ जना नेपालीहरुले अमेरिकको विद्यार्थी भिसा पाएको रेकर्ड अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको छ । उक्त संख्याको तुलनामा २०२४ मा जारी विद्यार्थी भिसा संख्या दोब्बरभन्दा पनि बढी हो ।

यद्यपी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको तथ्यांक अनुशार आर्थिक बर्ष २०२३ मा १० हजार २ सय २० जना नेपाली विद्यार्थी र एक्सचेन्ज भिजिटरका रुपमा अमेरिका प्रवेश गरेका छन् । होमल्याण्ड सेक्युरिटीको तथ्यांक जारी भिसाका आधारमा नभई आई९४ का आधारमा गणना गरिएकाले उनीहरु सबै २०२३ मा भिसा पाउनेहरु भने होइनन्, विगतमा भिसा पाएर २०२३ मा अमेरिकाबाहिर गएर फर्कनेहरु पनि यसमा समावेश छन् ।

अमेरिकामा विद्यार्थी भिसामा आउने नेपालीहरु हरेकबर्ष थपिदै गर्दा विद्यार्थीहरुका समस्या र मानसिक अवस्थाबारे पनि चासो बढ्न थालेको छ । पढाई र आर्थिक दवावका कारण विद्यार्थीहरुले भोगेका मानसिक समस्याबारे नेपाली समाजमा बहसमा बृद्धि भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com