टीपीएस खारेज गरेर आप्रवासीहरुलाई देशनिकाला गर्ने ट्रम्पको वाचा, ८ हजार नेपाली त्रासमा


प्रकाशित मिति : आश्विन १७, २०८१ बिहीबार

Republican presidential nominee former President Donald Trump arrives for a campaign event, Sunday, Sept. 29, 2024, in Erie, Pa. (AP Photo/Matt Rourke)

अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्पले टीपीएस खारेज गरेर टीपीएसबाट संरक्षित आप्रवासीहरुलाई देशनिकाला गर्ने वाचा गरेका छन् । ट्रम्पले हालैको एक अन्तरवार्तामा कागजात नभएका आप्रवासीहरूलाई मात्र नभएर टीपीएस लगायतका कार्यक्रमबाट संरक्षित आप्रवासीहरुलाई पनि देशनिकाला गर्ने योजना रहेको बताएका हुन् । उनले न्युज नेशनसँगको अन्तरवार्तामा टीपीएस खारेज गरेर आप्रवासीहरुलाई उनीहरुका देशमा फर्काउने बताएका हुन् ।

ट्रम्प राष्ट्रपति भएको बखत एल साल्भाडोर, हाइटी, निकारागुआ, सुडान, नेपाल र होन्डुरसका आप्रवासीहरूको टीपीएस खारेज गरेका थिए । तर पछि कानुनी लडाईका कारण टीपीएस खारेज हुन पाएको थिएन । बाइडेन प्रशासनले टीपीएसको अवधि लम्बाउने घोषणा गरेपछि कानुनी लडाई समाप्त भएको थियो ।

नेपालीहरुसहित करिब ४ लाख मानिसहरुको टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णय विरुद्द मुद्दा हालेका टीपीएसवाहकले ६ बर्षसम्म उक्त निर्णयमा रोक लगाउन सफल भएका थिए । सन् २०१७ र २०१८ मा ट्रम्प प्रशासनले एल सालभाडोर, हैटी, होन्डुरस, नेपाल, निकारागुवा, र सुडानको टीपीएस खारेज गर्ने प्रयास गरेकोमा त्यसलाई चुनौती दिदै टीपीएसवाहक वादीहरुले मुद्दा हालेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दाका वादीहरुले सन् २०१८ मा अदालतबाट प्रारम्भिक निषेधाज्ञा जित्न सफल भएका थिए, जस वापत सबै टीपीएस वाहकहरुको कानुनी स्टाटस गएको पाँच वर्ष सम्म कायम रह्यो। सन् २०२३ मा भने नवौं सर्किट पुनरावेदन अदालतको पुरा बेन्चले उक्त निषेधाज्ञा उल्टाएको थियो।

सो मुद्दामा नेपालको प्रतिनिधित्व गरेका मुद्दाका प्रमुख वादीहरु केशव भट्टराई र सज्जन पाण्डे थिए । जुन २०२३ मा बाईडेन प्रशासनले ट्रम्प प्रशासनको टीपीएस खारेजीको निर्णय फिर्ता लिएको थियो । र एल सालभाडोर, होन्डुरस, नेपाल र निकारागुवाको करिब ३ लाख जनाको टीपीएसको म्याद थपिदिएको थियो। यो भन्दा केहि अगाडि बाईडेन प्रशासनले हैटी र सुडानको टीपीएस रिडेजिग्नेट गरि दिएको थियो।

बाइडेन प्रशासनले टीपीएसको म्याद थपेर ट्रम्प सरकारको टीपीएस खारेजीलाई फिर्ता लिए वापत मुद्दाको वादीहरुको चाहना पुरा गरिदिएको भन्दै डिसेम्बर २८, २०२३ मा फेडेरल डिस्ट्रिक्ट कोर्टले रामोस मुद्दाको अब अर्थ नरहेको ठहर गरेर मुद्दा खारेज गरेको थियो।

गत बर्ष बाइडेन प्रशासनले नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्मका लागि थप गरेको थियो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालसहित एल साल्भाडोर, होन्डुरस र निकारागुआका लागि टीपीएस खारेज गर्ने अघिल्लो प्रशासनको निर्णय उल्टाउँदै सन् २०२३ को डिसेम्बर २५ बाट टीपीएसको अवधि १८ महिना थप्ने घोषणा गरेको थियो । त्यस अगाडि टीपीएसका कागजातको अवधि सन् २०२४ को जुन ३० सम्म स्वत थपिएपनि आफैमा टीपीएसको अवधि भने थपिएको थिएन ।

नेपालमा गएको महाभूकम्पपछि अमेरिकाले अमेरिकामा रहेका नेपालीहरुलाई संरक्षण प्रदान गर्ने टेम्पोरेरी प्रोटेक्टेड स्टाटस प्रदान गरेको थियो । सन् २०१५ को जुन २४ पछि अमेरिकामा बसोबास गर्दै आएका ग्रिनकार्ड नहुनेहरु यो स्टाटसका लागि योग्य भएका थिए । झण्डै १५ हजारको हाराहारीमा अमेरिकामा रहेका नेपालीहरुले टीपीएसका लागि आवेदन दिएका थिए । जसमध्ये झण्डै ८ हजार नेपालीहरु अहिले पनि टीपीएसमा रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com