रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्ड आवेदकका लागि खुशीको खबर


प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्ड आवेदकका लागि अक्टोबरको भिसा बुलेटिनले खुशीको खबर ल्याएको छ । आज सार्वजनिक भिसा बुलेटिन अनुशार १ मार्च २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले अक्टोबरमा आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ समेत फाइल गर्न सक्ने भएका छन् । यही मितिलाई युएससीआइएसले पनि स्वीकार गरेको छ ।

सेप्टेम्बरसम्म भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई ग्रिनकार्ड आवेदन आई १४० आवेदन फाइल गर्ने मितिका रुपमा मान्दै आएको युएससीआईएसले अक्टोबरका लागि भने भिसा बुलेटिनको फाइलिंग मितिलाई नै ग्रिनकार्ड आवेदन आई १४० आवेदन फाइल गर्ने मितिका रुपमा स्वीकार गरेपछि आवेदकलाई थप राहत मिलेको छ ।

सेप्टेम्बरका लागि १ डिसेम्बर २०२० भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुका सन्दर्भमा मात्र युएससीआईएसले ग्रिनकार्ड आवेदन आई ४८५ स्वीकार गरेकोमा अक्टोबरका लागि यो मिति एकैपटक २ बर्ष ४ महिना अगाडि सरेको छ । अमेरिकाबाहिर रहेर भिसाको अन्तरवार्ता कुरिरहेकाहरुका लागि समेत भिसा बुलेटिनले सुखद खबर ल्याएको छ ।

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्डका सन्दर्भमा अमेरिकाबाहिर भिसा कुरिरहेकाहरुका सन्दर्भमा १५ नोभेम्बर २०२२ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले अक्टोबरमा भिसाका लागि अन्तरवार्ता पाउन सक्नेछन् । रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारका सन्दर्भमा भने यो मिति १ डिसेम्बर २०२० रहेको छ । अमेरिकाभित्र हुने रोजगारमा आधारित तेश्रो श्रेणीका अनस्कील्ड कामदारले भने २२ मे २०२१ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरुले ग्रिनकार्ड आवेदन आई ४८५ पेश गर्न पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईं दक्ष कामदार, व्यावसायिक वा दक्षता नभएको अन्य कामदार हुनुहुन्छ भने तपाईं यो श्रेणीको ग्रिनकार्डका लागि योग्य हुन सक्नुहुन्छ। यसमा दक्ष कामदार भन्नाले अस्थायी वा मौसमी प्रकृतिको नभई जागिरको अफर गरिएको काम न्यूनतम २ वर्षको तालिम वा अनुभव आवश्यक पर्ने खालको हुनुपर्छ । दक्ष कामदारले रोजगारीको अवसरको शैक्षिक, तालिम वा अनुभव आवश्यकताहरू पूरा गर्नुपर्छ। सान्दर्भिक पोस्ट सेकेन्डरी शिक्षालाई प्रशिक्षणको रूपमा मान्न सकिन्छ।

पेशेवर व्यक्तिका रुपमा यो श्रेणीको ग्रिनकार्डमा योग्य जागिरको अफर गरिएको काम कम्तिमा अमेरिकी स्नातक वा विदेशी समकक्ष डिग्री चाहिने प्रकारको हुनुपर्छ । व्यक्ति तोकिएको पेशाको सदस्य हुनुपर्छ । त्यस्तै तेश्रो श्रेणीको दक्षता नभएको श्रेणीका लागि अनुभव नचाहिने वा २ वर्ष भन्दा कमको अनुभव भए पुग्ने प्रकारको जागिरको अफर हुनुपर्छ । यो श्रेणीमा डिसवासर लगायतका कामहरु पनि योग्य हुनसक्छन् ।

यो श्रेणीमा ग्रिनकार्ड आवेदनका लागि सबैभन्दा पहिले अमेरिकी कम्पनीले रोजगारको अफर दिएको हुनुपर्छ । साथै उक्त कम्पनीले दिएको रोजगारको अफरका लागि काममा राख्ने व्यक्तिलाई अमेरिकी सरकारले तोकेको तलब दिनसक्ने गरी कम्पनीको आर्थिक स्थीति पनि बलियो भएको प्रमाणित गर्नुपर्छ ।

रोजगारदाताले उक्त काम गर्नका लागि अमेरिकामा योग्य कामदारहरू उपलब्ध नभएको प्रमाणित गर्न संचारमाध्यममा जागिर खुलेको विज्ञापनहरु प्रकाशित गर्नुपर्ने लगायतका अन्य प्रकृयाहरु पनि पूरा गर्नुपर्छ । यो प्रकृयामा रोजगारदाताले काम लगाउने वा ग्रिनकार्डको प्रकृया गर्ने कामदारबाट कानुनी रुपमा कुनै शुल्क लिन मिल्दैन ।

साथै यो आवेदन रोजगारका लागि आउने व्यक्तिले आफै फाइल गर्न पनि मिल्दैन, केबल रोजगारदाताका तर्फबाटमात्र फाइल गर्नुपर्छ । आवेदन स्वीकृत भएपछि दम्पत्ति र २१ वर्ष भन्दा कम उमेरका अविवाहित बच्चाहरूपनि आप्रवासी भिसा वा ग्रिनकार्डमा सँगै अमेरिका आउनका लागि योग्य हुन्छन् ।

थप जानकारीका लागि युएससीआईएसको वेवसाइट हेर्न वा कानुनी सल्लाहका लागि लाइसेन्स प्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com