हरेक महिना विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्लट खोल्दै अमेरिकी दूतावास, पहिलो मिति सेप्टेम्बर ४


प्रकाशित मिति : भाद्र १६, २०८१ आईतबार

सेप्टेम्बरदेखि अमेरिकी दूतावास काठमाडौंले हरेक महिना विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्ने घोषणा गरेको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती मितिहरू अग्रिममा घोषणा गर्ने दूतावासले जनाएको छ । पहिलो मिति सेप्टेम्बर ४ मा रहेको छ, अर्थात् सेप्टेम्बर ४ मा विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोलिने भएको छ ।

अमेरिकी दूतावासहरुमा भिसा अप्वाइन्टहरु पाउन निकै लामो समय कुनुपर्ने बाध्यता रहेको अवस्थामा अमेरिकी दूतावास काठमाडौंले त्यसलाई सहज बनाउन नयाँ योजना ल्याएको हो । विगतमा पनि अमेरिकी दूतावासले बेलाबेलामा भिसाका अतिरिक्त नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्दै आएपनि मासिक रुपमा नियमित भने गरेको थिएन । दूतावासले आवेदकको चापलाई मध्यनजर गरेर बेलाबेलामा विदाको दिन आइतबार समेत भिसा अन्तरवार्ता लिने गरेको थियो ।

अमेरिकी दूतावास काठमाडौंमा भिजिटर र विद्यार्थी भिसाका लागि अप्वाइन्टमेन्ट पाउन औषतमा १० महिना कुनुपर्ने बाध्यता रहेको छ । तर विद्यार्थी भिसाका लागि १० महिनापछिको अप्वाइन्टमेन्ट लिंदा पढाई छुट्ने समस्या भएकाले उक्त अवधिलाई घटाउन दूतावासले नयाँ कदम चालेको छ । २०२५ मा अमेरिका अध्ययनका लागि आउन चाहनेहरुले अब सेप्टेम्बरदेखि अतिक्ति भिसा अप्वाइन्टमेन्ट स्लटबाट फाइदा लिन सक्ने भएका छन् ।

अमेरिकाको विद्यार्थी भिसाका लागि आवेदन दिने नेपालीहरुको चाप पछिल्लो समयमा अत्यन्तै बढेको छ । यो चापसँगै विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा पनि ऐतिहासिक रेकर्ड कायम भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतमहिना अर्थात् जुलाईमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा चालु आर्थिक बर्षमै अभूतपूर्व रेकर्ड कायम भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । जुलाईमा कुल १७८८ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् । जुन चालु आर्थिक बर्षकै सबैभन्दा धेरै हो । उनीहरुका ६३ जना डिपेन्डेन्टहरुले पनि एफ टु भिसा पाएका छन् ।

योसँगै चालु आर्थिक बर्षको १० महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्या १०९८८ पुगेको छ । यस अगाडि गत जुनमा पनि अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा नयाँ रेकर्ड कायम भएको थियो । जुनमा १७ सय जना नेपाली विद्यार्थीहरु र ७६ जना उनीहरुका डिपेन्डेन्टहरुले अमेरिकाको भिसा पाएका थिए । यो संख्या चालु आर्थिक बर्षको ९ महिनामा सबैभन्दा धेरै थियो ।

मे महिनामा सन् २०२४ को जनवरीयताकै सबैभन्दा धेरै १५०८ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । उनीहरुका ६० जना डिपेन्डेन्टहरुले पनि एफ टु श्रेणीको भिसा पाए ।

जनवरीमा ११०१ जना, फेब्रुअरीमा २०१ जना, मार्चमा ३९५ जना र अप्रिलमा १३९९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । अमेरिकाको आर्थिक बर्ष २०२४ को सुरुको ३ महिना अर्थात् सन् २०२३ को अक्टोबर, नोभेम्बर र डिसेम्बरको अवधिमा २८९६ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए ।

अक्टोबरमा ५०८, नोभेम्बरमा ७८४ र डिसेम्बरमा १६०४ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । त्यो बाहेक उनीहरुका १११ जना डिपेण्डेटहरुले पनि अमेरिकाको एफ टु श्रेणीको भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांकमा उल्लेख छ ।

अमेरिकामा विद्यार्थी भिसामा आउने नेपालीहरु हरेकबर्ष थपिदै गर्दा विद्यार्थीहरुका समस्या र मानसिक अवस्थाबारे पनि चासो बढ्न थालेको छ । पढाई र आर्थिक दवावका कारण विद्यार्थीहरुले भोगेका मानसिक समस्याबारे नेपाली समाजमा बहसमा बृद्धि भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com