५ लाख कागजपत्रविहिनले अन्ततः अमेरिकी नागरिकता पाउन सक्ने कार्यक्रममा आवेदन सुरु


प्रकाशित मिति : भाद्र ३, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले ५ लाख कागजपत्रविहिनलाई अन्ततः अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने बाटोमा लैजाने गरी घोषणा गरेको कार्यक्रमका लागि अगस्त १९ बाट आवेदन दिन सकिने भएको छ । यो कार्यक्रमले कानुनी हैसियत नभएका अमेरिकी नागरिकका केही दम्पत्तिहरूलाई स्थायी बसोबास र अन्ततः नागरिकताको लागि आवेदन दिन अनुमति दिनेछ।

योग्य आवेदकहरूले  परोल इन प्लेस कार्यक्रम अन्तर्गत  आवेदनहरू पेश गर्न सक्षम हुनेछन्।  कार्यक्रमको लागि कसरी आवेदन दिने भन्ने बारे थप विवरणहरू, उचित फारमहरू र शुल्कहरू सहितको जानकारी  फेडरल रजिष्टरमा प्रकाशित गरिएको छ ।

आवेदकहरूले युएससीआईएसको अनलाइन फाइलिङ प्रणाली मार्फत आफ्नो आवेदन पेश गर्नुपर्छ। फाइलिङ शुल्क ५८० डलर तोकिएको छ भने कुनै शुल्क माफी उपलब्ध छैन। कागजी आवेदनहरू स्वीकार गरिँदैन। आवेदनलाई समर्थन गर्ने प्रमाणहरू फारम आई १३१ एफसँगै अनलाइन पेश गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

योग्य हुनको लागि आप्रवासीले सन् २०२४ को जुन १७ अगाडि १० वर्षसम्म अमेरिकामा बसेको र अमेरिकी नागरिकसँग विवाह गरेको हुनुपर्छ। यदि योग्य आप्रवासीको आवेदन स्वीकृत भएमा अमेरिका नछाडिकनै ग्रीन कार्डको लागि आवेदन दिन र अस्थायी वर्क परमिट प्राप्त गर्न तीन वर्षको समय पाउनेछ । साथै यस बीचमा देशनिकालाबाट पनि जोगिनेछ ।

अमेरिकी नागरिकसँग विवाह गरेको अभिभावकका करिब ५० हजार गैरनागरिक बच्चाहरू पनि सम्भावित रूपमा सोही प्रक्रियाको लागि योग्य हुन सक्नेछन् । दम्पतीले कति समयदेखि विवाह गरेको हुनुपर्छ भन्ने कुनै आवश्यकता छैन । साथै जुन १७ पछि विवाह गर्नेहरु कोही पनि योग्य हुँदैन। जुन १७ पछि अमेरिकामा बसोबास गरेको १० वर्ष पुग्नेहरु पनि योग्य हुनेछैनन् ।

बाइडेनले दम्पत्तिहरुका लागि गरेको घोषणा एकदमै नयाँ प्रकारको भने होइन । यस्तै नीति राष्ट्रपतिहरू जर्ज डब्लु बुश र बराक ओबामाले पनि सैन्य सदस्यहरूको परिवारका सदस्यहरूलाई सुविधा दिन प्रयोग गरेका थिए ।

राष्ट्रपति बाइडेनले गैरकानूनी रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई शरण खोज्नबाट प्रतिबन्ध लगाउने कार्यकारी आदेश घोषणा गरेपछि यो कदम आएको हो । जसमा सीमा एजेन्टहरूले सामना गर्ने संख्या दैनिक औसत २५ सय भन्दा बढी भएमा सिमानाका बन्द गर्न सकिने प्रावधान छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार वर्षौंदेखि औसत दैनिक अवैध क्रसिङले त्यो सीमा नाघेको छ, डिसेम्बरमा यो संख्या दैनिक ८,००० को हाराहारीमा थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com