विनाभिसा क्यानडाबाट अमेरिका आउने बढेपछि बुधबारदेखि एसाइलममा कडाईको नयाँ नियम


प्रकाशित मिति : श्रावण ३१, २०८१ बिहीबार

बाइडेन प्रशासनले क्यानडाबाट विनाभिसा अमेरिका छिर्नेहरुको संख्यामा बृद्धिपछि अमेरिका र क्यानाडा सीमामा एसाइलम खोज्नेहरुको प्रक्रियालाई गति दिने नियम ल्याएको छ । अगस्त १४ बुधबारदेखि लागु गरिएको यो नियम अनुशार अब विनाभिसा क्यानडाबाट अमेरिका र अमेरिकाबाट क्यानडा आउनजान खोज्नेको एसाइलममा कडाई गरिनेछ ।

नयाँ नियम अनुशार क्यानाडासँग लामो समयदेखिको सुरक्षित तेश्रो देश शरण सम्झौता अन्तर्गत अमेरिकाले आप्रवासीहरूलाई प्रशोधन प्रकृयामा दुई परिवर्तनहरू समावेश गरेको छ । त्यो सम्झौता पहिलो पटक २००२ मा हस्ताक्षर गरिएको थियो भने गत वर्ष विस्तार गरिएको थियो । जस अनुशार अमेरिका र क्यानाडाका अधिकारीहरूलाई एसाइलमका लागि अनुरोध गर्नका लागि दुबै राष्ट्रहरू सुरक्षित देशहरू हुन् भन्ने आधारमा सीमानामा विनाभिसा आउनेहरुलाई जुन देशबाट आएको हो त्यही फिर्ता गर्न अनुमति दिन्छ।

पहिलो परिवर्तन अनुशार अमेरिकी शरण अधिकारीहरूले उनीहरू क्यानाडासँगको सम्झौताको अधीनमा भए नभएको वा अमेरिकामा प्रवेशका लागि छुट भए नभएको निर्धारण गर्न स्क्रीनिंगहरू सञ्चालन गर्दा अमेरिकामा शरण लिन आउन खोज्ने आप्रवासीहरूले कागजातहरू तयारी अवस्थामा राख्नुपर्नेछ । विगतमा आप्रवासीहरूले ती कागजातहरू जम्मा गर्न समय माग्दै स्क्रीनिंगहरू स्थगित गर्न सक्थे ।

अभिभावक साथमा नभएका बच्चाहरू र अमेरिकामा परिवारका सदस्यहरू भएकाहरूलाई भने यो सम्झौता लागु हुँदैन । उनीहरु क्यानडाबाट अमेरिकामा एसाइलम प्रकृया अगाडि बढाउनका लागि आउन छुट प्राप्त गर्छन् । सम्झौता अनुशार पहिले क्यानडा प्रवेश गरेकाहरुले क्यानडामा नै र पहिले अमेरिका प्रवेश गरेकाले अमेरिकामा नै एसाइलम प्रकृया अगाडि बढाउनुपर्छ । यदि त्यसो नगरेमा ती आप्रवासीहरु क्यानडाबाट अमेरिका आएर वा अमेरिकाबाट क्यानडा गएर एसाइलम प्रकृया अगाडि बढाउन योग्य हुँदैनन् । ती देशहरुमा एसाइलम अस्वीकृत भएको खण्डमा भने उनीहरु अर्को देशमा गएर एसाइलम प्रकृया अगाडि बढाउन सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्थात् क्यानडाबाट अमेरिका आएर एसाइलम गर्न चाहनेहरुले पहिले क्यानडामा एसाइलम गरेको र अस्वीकृत भएको प्रमाण पेश गर्नुपर्छ । अन्यथा उनीहरुलाई अमेरिकी अधिकारीहरुले क्यानडामा नै फिर्ता पठाउनेछन् । त्यस्तै अमेरिकाबाट क्यानडा गएर एसाइलम गर्न चाहनेहरुले पहिले अमेरिकामा एसाइलम गरेको र अस्वीकृत भएको प्रमाण पेश गर्नुपर्छ । अन्यथा उनीहरुलाई क्षनडाका अधिकारीहरुले अमेरिकामा नै फिर्ता पठाउनेछन् ।

दोस्रो परिवर्तन अनुशार आप्रवासीहरूले अमेरिकी शरण अधिकारीहरूसँग स्क्रिनिङ गर्नुअघि वकिलहरूसँग परामर्श गर्नका लागि जम्मा ४ घण्टामात्र समय पाउनेछन् । विगतमा उनीहरुले २४ घण्टासम्म समय पाउने प्रावधान रहेको थियो ।

सुरक्षित तेस्रो देश सम्झौताको अधीनमा रहेका आप्रवासीहरूलाई अमेरिकामा शरण खोज्नबाट प्रतिबन्ध लगाइन्छ र उनीहरुलाई क्यानाडा नै फिर्ता गरिन्छ । छुटको लागि योग्य हुनेहरूलाई मात्र अमेरिकामा शरणको अनुरोध गर्न अनुमति दिइन्छ । अमेरिकाबाट क्यानाडा प्रवेश गर्न खोज्ने र सम्झौताको अधीनमा रहेकाहरूलाई पनि यही नियम लागु हुन्छ । अर्थात् छुटका लागि योगय नभएको खण्डमा क्यानाडाका अधिकारीहरूले उनीहरुलाई अमेरिकी भूमिमा फिर्ता गर्छन् ।

दुबै परिवर्तनहरूले अमेरिकी अध्यागमन अधिकारीहरूलाई ५५ सय माइलको उत्तरी सीमानामा एसाइलम अनुरोध गर्ने आप्रवासीहरूलाई अझ छिटो प्रक्रिया गर्न र फिर्ता पठाउन अनुमति दिने उद्देश्यका रहेका छन् । जहाँ यस वर्ष क्यानडाबाट विनाभिसा अमेरिका आउन खोज्नेहरुको संख्या बढेको छ ।

आर्थिक वर्ष २०२४ मा हालसम्म सीमा गस्ती एजेन्टहरूले विनाभिसा क्यानाडाबाट अमेरिका आएका १६ हजार ५०० आप्रवासीहरूलाई हिरासतमा लिएका छन् । यो संख्या २०२३ मा १०,००० र २०२२ मा मात्र २,२०० मात्र थियो । २०२४ मा क्यानडासँगको सीमानामा उत्तरी सीमानामा उच्चतम सीमा गस्ती आशंका संख्या हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com