अध्यागमन हिराशतमा रहेकालाई दिइएको मासिक ५२० मिनेट निशुल्क फोनकलको सुविधा अन्त्य


प्रकाशित मिति : श्रावण २३, २०८१ बुधबार

अमेरिकाको अध्यागमन हिराशतमा रहेकालाई दिइएको मासिक ५२० मिनेट निशुल्क फोनकलको सुविधा अन्त्य गरिएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आइसको हिरासतमा रहेका आप्रवासीहरूलाई एक महिनामा आठ घण्टा भन्दा बढी निशुल्क फोन कल गर्न अनुमति दिने आफ्नो कार्यक्रम समाप्त गरेको घोषणा गरेको छ । यो सुविधा सन् २०२० को अप्रिलमा सुरु भएको थियो ।

यो कार्यक्रम जारी राख्न पैसा नभएको भन्दै अन्त्यको घोषणा गरिएको हो । कोरोना महामारीको समयमा हिराशतमा भेटघाटलाई घटाउनका लागि आइसले मासिक ५२० मिनेट निशुल्क फोन कलको सुविधा ल्याएको थियो । तर अब त्यस्ता भेटघाटहरु सुचारु भएपछि फोनकलको सुविधा अपरिहार्य नभएको आइसको ठहर छ ।

निशुल्क फोनकलको सुविधा समाप्त गरेर १० दशमलव २ मिलियन डलर बचत हुने आइसले जनाएको छ । यद्यपि अध्यागमन हिराशतमा रहेकाहरुले अझै पनि ट्याब्लेटहरू मार्फत निशुल्क काम गर्ने वकिलहरूसमक्ष निशुल्क पहुँच कायम गर्नसक्ने सुविधा भने कायमै रहेको आइसले जनाएको छ । किनकि संसदले त्यसको लागि पैसा छुट्याएको छ।

५२० मिनेट निशुल्क फोनकल सुविधाका लागि बजेट पाउन संघर्ष गर्नुपरेको आइसको भनाई छ । तर फोन कलको अन्त्यपछिको अवस्था भने सकारात्मक छैन । क्यालिफोर्नियामा आइसका दुई हिरासतमा रहेका दर्जनौं आप्रवासीहरूले गत हप्ताको अन्त्यमा भोक हडतालमा सुरु गरेका छन् । उनीहरुले निशुल्क फोन कलहरू पुनर्स्थापित गर्नु पर्ने माग समेत गरेका छन् । ती हिराशतमा ६२ जना बन्दी हडतालमा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भोक हडतालकर्ताहरूले आइसका हिराशतहरु पूर्ण रूपमा बन्द गर्नुपर्ने माग समेत गरेका छन् । उनीहरुले एकान्त कारावासको प्रयोगको समेत अन्त्यको माग गरेका छन् । जुलाईको मध्यसम्म आइसको हिराशतमा लगभग ३७ हजार आप्रवासीहरू रहेका छन् ।

तीमध्ये झण्डै ६० प्रतिशत भन्सार र सीमा सुरक्षाले सीमामा समातेकाहरु हुन् । जसलाई अवैध रूपमा सिमा पार गरेको कारण हिरासतमा राखिएको छ। अरू धेरैजसोसँग आपराधिक रेकर्डहरू छन् जसले तिनीहरूलाई मुक्त गर्न धेरै जोखिमपूर्ण बनाउँछ।

आइसले स्मार्टफोन, एङ्कल मोनिटर वा अन्य प्रविधिको माध्यमबाट अरु १ लाख ७८ हजार आप्रवासीहरूलाई पनि निगरानी गरिरहेको छ । यसको हिराशतमा नरहेकाहरुको डकेटमा अरु ७ मिलियन भन्दा बढी आप्रवासीहरू छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com