हमासका प्रमुख इस्माइल हानियाको शुक्रबार दोहामा अन्त्येष्टि गरिने


प्रकाशित मिति : श्रावण १६, २०८१ बुधबार

हमासका प्रमुख इस्माइल हानियाको सार्वजनिक अन्त्येष्टि समारोह शुक्रबार दोहामा गरिने प्यालेस्टिनी समूहले जनाएको छ ।

हमासले जारी गरेको विज्ञप्तिमा हनियाको पार्थिव शरीरलाई कतारको राजधानी दोहामा औपचारिक र सार्वजनिक अन्त्येष्टि गरिने बुधबार जनाएको हो ।

लुसेलस्थित दोहाको सबैभन्दा ठूलो मस्जिद इमाम मोहम्मद बिन अब्दुल वहाबमा शुक्रबारको नमाजपछि अन्त्येष्टि गरिने बताइएको छ ।

हमासले जारी गरेको वक्तव्यमा भनिएको छ, “दोहामा आयोजित समारोहमा विभिन्न प्रभावशाली र लोकप्रिय अरब तथा इस्लामी नेताहरूको सहभागितामा हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com