भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो, आवास तथा सडकहरू क्षतिग्रस्त


प्रकाशित मिति : श्रावण १६, २०८१ बुधबार

This photograph provided by PRO Defense Kochi shows Indian army soldiers engaged in rescue operations at landslide affected village in Wayanad in southern Kerala, India, Tuesday, July 30, 2024. (PRO Defense Kochi via AP)

भारतको वायनाडमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १४३ पुगेको छ । पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको केरलाको स्वास्थ्य विभागले जनाएको छ ।

विनासकारी पहिरोले आवास तथा सडकहरू क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पु¥याएको जनाइएको छ ।

यसैबीच, मङ्गलबार केरला विधान सभामा राष्ट्रिय झण्डा आधा झुकाएको छ भने दुई दिने शोकको घोषणा गरेको छ ।

मङ्गलबार सङ्घीय मन्त्री जर्ज कुरियनले जारी राहत कार्यको समीक्षा गर्न वायनाड पुगी एनडीआरएफ, सीआरपीएफ र सेनाका वरिष्ठ अधिकारीहरूसँग भेट गरेको र राहत शिविरकोसमेत अवलोकन गरेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्री जर्जले यसअघि, वायनाड पहिरोकोे जारी अवस्थाको मूल्याङ्कन गर्न स्वास्थ्य विभाग निर्देशनालयको भ्रमण गरी प्रभावित क्षेत्रमा उपचारको व्यबस्था मिलाउन निर्देशन दिनु भयो । मन्त्री जर्जले आवश्यकताअनुसार अस्थायी अस्पताल स्थापना गर्न सिफारिससमेत गर्नु भयो ।

यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले जुलाई ३१ र अगष्ट १ मा केरलामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

मुख्यमन्त्री पिनाराई विजयनले वायनाडको पहिरो प्रभावित चुरालमालामा उद्धार कार्र्य द्रूत बनाउन उच्चस्तरीय बैठक आयोजनमा गर्नु भएको थियो । यसमा विभिन्न केन्द्रीय सङ्घसंस्था र सेनासँगको सहकार्यमार्फत राहत अभियान अघि बढाउने विषयमा छलफल भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com