सरकारी सुविधा लिने लिनसक्नेलाई भिसा अस्वीकार गर्नेबारे नयाँ नियम ल्याउँदै अमेरिकी विदेश मन्त्रालय


प्रकाशित मिति : श्रावण ५, २०८१ शनिबार

अमेरिकी विदेश मन्त्रालयले सरकारी सुविधा लिने सम्भावना भएकालाई भिसा अस्वीकार गर्न सक्ने नयाँ नियम ल्याउने तयारी गरिरहेको छ । हालको अभ्यासलाई संहिताबद्ध गर्दै र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको विद्यमान पब्लिक चार्ज नियमसँग विदेश मन्त्रालयको कानुनी अधिकारलाई पङ्क्तिबद्ध गर्दै अगस्तमा यसबारे प्रस्तावित नियम जारी गर्ने योजना बनाएको छ।

कन्सुलर अधिकारीहरूले पब्लिक चार्ज अन्तरगत भिसा अस्वीकृत गर्न परिस्थितिको समग्रताको दृष्टिकोण प्रयोग गर्नुपर्ने गरी यो नियम आउनेछ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ल्याएको अमेरिकी ग्रिनकार्डमा पब्लिक चार्जको नियम भने सन् २०२२ को डिसेम्बर २३ मा लागु भइसकेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ग्रिनकार्ड आवेदनमा कस्तो प्रकारको पब्लिक चार्जका आधारमा ग्रिनकार्ड र भिसा अस्वीकार गर्न सक्ने भन्नेबारे अन्तिम नियम लागु गरेपनि अमेरिकी विदेश मन्त्रालयले भने यसलाई संहिताबद्ध गर्ने नियम ल्याएको थिएन ।

बाइडेन प्रशासनको पब्लिक चार्जको नियमले अमेरिकामा गैर नागरिकहरूका लागि सरकारी सुविधा लिएको आधारमा कसरी ग्रिनकार्ड अस्वीकार्यताको नियमलाई व्यवस्थापन बारे स्पष्टता र स्थिरता प्रदान गर्दछ। यो नियमले पब्लिक चार्जको ऐतिहासिक बुझाइलाई पुनर्स्थापित गर्दछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले पब्लिक चार्जमाफर्त ग्रिनकार्ड र भिसा अस्वीकार गर्ने निर्धारणको भागको रूपमा मेडिकेड र पोषण सहायता जस्ता पूरक सार्वजनिक स्वास्थ्य लाभहरूलाई पनि पब्लिक चार्जका रुपमा लिएको थियो । तर पब्लिक चार्जको नियम भने यसभन्दा अगाडि दशकौंदेखि कार्यान्वयनमा रहदै आएको छ ।

बाइडेन प्रशासनको नियममा पब्लिक चार्जका आधारमा ग्रिनकार्ड अस्वीकृत हुने अवस्था निर्धारण गर्दा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आवेदकको उमेर, स्वास्थ्य, पारिवारिक स्थिति, सम्पत्ति, स्रोत र वित्तीय स्थिति, शिक्षा र सीप, स्पोन्सर, पूर्व वा हालको पूरक सुरक्षा आय एएसआई, खाँचोमा परेका परिवारका लागि अस्थायी सहायता टीएएनफ, संघीय, राज्य, वा स्थानीय नगद सहयोग वा सरकारी खर्चमा दीर्घकालीन गास, बास र उपचारको अवस्था लगायतको विचार गर्छ ।

तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सरकारी खर्चमा दीर्घकालीन गास, बास र उपचारको अवस्था गैरनगद लाभहरूलाई भने ग्रिनकार्ड अस्वीकार गर्नका लागि पब्लिक चार्जको नियमभित्र पर्ने सरकारी सुविधाका रुपमा नलिने स्पष्ट पारेको छ । उदाहरणका लागि पूरक पोषण सहायता कार्यक्रम एसएनएपी, सार्वजनिक आवास, विद्यालय खाजा कार्यक्रमहरू पब्लिक चार्जमा पर्दैनन् ।

युएससीआईएसले नयाँ नियम अनुशार नीति म्यानुअल अपडेट पनि गरेको थियो । जसमा युएससीआईएसका अधिकारीहरूलाई यस नियमलाई निष्पक्ष र निरन्तर रूपमा कसरी लागू गर्ने र नियम कसरी लागू हुनेछ भन्ने बारे जनतालाई जानकारी दिने मार्गदर्शन प्रदान गर्दछ। युएससीआइएसले सन् २०२२ को डिसेम्बर २३ वा त्योपछिका मितिमा दायर गरिएका आवेदनहरूमा पब्लिक चार्जको नयाँ नीति निर्देशन लागू गर्न सुरु गरेको हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com