अमेरिकाले यही समरदेखि परिष्कृत सुरक्षा विशेषतासहितको नयाँ डिजाइनको भिसा जारी गर्ने


प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार

अमेरिकाले यही समरदेखि परिष्कृत सुरक्षा विशेषतासहितको नयाँ डिजाइनको भिसा जारी गर्न सुरु गर्ने भएको छ । यो भिसा सन् २०२२ देखि नै जारी गर्न सुरु गर्ने अमेरिकी सरकारको विदेश मन्त्रालयको योजना भएतापनि नयाँ डिजाइनको भिसा जारी ब्यापक रुपमा हुनमा ढिलाई भएको हो । भिसाको नयाँ डिजाइनमा लिंकनको तस्वीरको ठाउँमा गोल्डेन गेट ब्रिज राखिएको छ ।

पुरानो भिसा स्टीकरको स्टक सकिएपछि हरेक अमेरिकी दूतावास र कन्सुलरहरुले नयाँ डिजाइनको भिसा जारी गर्ने बताइएको थियो । तर कहिलेदेखि भिसा वाहकले आफ्नो पासपोर्टमा नयाँ डिजाइनको भिसा देख्न सुरु गर्नेछन् भन्नेबारे केही बताइएको थिएन । अमेरिकी सरकारले समर २०२४ मा नयाँ डिजाइनको ब्रिज भिसा जारी गर्ने योजना बनाएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले खसोखासलाई जानकारी दिएका छन् ।

विदेश मन्त्रालयले प्रत्येक दूतावास वा वाणिज्य दूतावासमा उपलब्ध स्टकको आधारमा नयाँ ब्रिज भिसा र लिंकन भिसा एकैसाथ जारी गर्ने प्रवक्ताले जानकारी दिएका छन् । उनलेभ ने यात्रुहरूले यस समरमा आफ्नो पासपोर्टमा नयाँ ब्रिज भिसा फोइल देख्ने आशा गर्न सक्छन्। हाम्रा विदेशी दूतावास र कन्सुलेटहरुले नयाँ ब्रिज भिसा फोइलहरू छाप्न सुरु गर्नु अघि हालको भिसा फोइलहरूको स्टकहरू समाप्त गर्नेछन्।

अमेरिकी विदेश मन्त्रालय अन्तर्राष्ट्रिय यात्रालाई सहज बनाउने र सीमा सुरक्षा सुदृढ गर्ने सुरक्षित भिसा जारी गर्न प्रतिबद्ध रहेको उनको भनाई छ । नयाँ भिसा स्टीकरमा इन्टाग्लियो माइक्रोटेक्स्ट, मेसिनले पढ्न योग्य क्षेत्रमा ब्लाइन्ड इम्बोसिङ, बहुरंगी अल्ट्राभायोलेट फाइबर, धेरै अल्ट्राभायोलेट छविहरू र एक अल्ट्राभायोलेट सीरियल नम्बर लगायत परिष्कृत सुरक्षा विशेषताहरु समावेश गरिएको उनले जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी पूरानो डिजाइनको भिसा छ भने पनि उक्त भिसामा उल्लेखित अवधिसम्म उक्त भिसा काम लाग्ने र आवतजावत गर्न सकिने यस अगाडि सीबीपीले प्रष्ट पारेको थियो । आफूसँग पूरानै डिजाइनको भिसा भएकाहरुले कुनै कदम चाल्नुपर्नेछैन । उनीहरुले भिसा अवधि बाँकी रहँदासम्म पूरानै डिजाइनको भिसा प्रयोग गर्न सक्नेछन् । पूरानो भिसा अद्यावधिक भएसम्म उनीहरुले नयाँ डिजाइनको भिसा लिन आवश्यक पर्नेछैन ।

नयाँ भिसामा सान फ्रान्सिस्को चर्चित गोल्डेन गेट ब्रिज मुख्य रूपमा रहेको छ। भिसा डिजाइनमा परिमार्जनले फेरबदल र नक्कली गर्न अझ गाह्रो बनाउने अधिकारीहरूले बताएका छन् । सामान्यतया आवेदकहरूले कन्सुलर अन्तर्वार्ता सफलतापूर्वक पास गरेपछि अमेरिकी भिसाहरू जारी गरिन्छ र विदेशी राहदानीहरूमा स्टीकर लगाइन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com