भिजिटर भिसा थपको आवेदन दिएपनि निर्णय अगाडि अमेरिका छाडेका पुन: अमेरिका आउँदा के गर्ने ?


प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार

अमेरिकामा आई ९४ मा उल्लेख भएको अवधिभन्दा बढी बसेको खण्डमा स्वत भिसा रद्द हुने प्रावधान रहेकाले भिसा थपका लागि दिइएको निर्णय नआउँदै अमेरिका छाड्दा उनीहरुको भिसा रद्द हुने हो कि भन्ने चिन्ता आवेदकमा देखिएको छ ।

अमेरिकी सरकारको विदेश मामिला म्यानुअलले यसबारे स्पष्ट पारेको छ । यदि गैर आप्रवासी भिसा वाहक आई ९४ को अवधि समाप्त भएपछि अमेरिकाबाट फर्केको छ तर उसले अमेरिकामा रहँदा आई ९४ को अवधि समाप्त हुनु अगाडि नै भिसा थप वा परिवर्तनका लागि आवेदन दिएको छ भने उसको भिसा रद्द हुनबाट संरक्षण प्राप्त हुन्छ । अर्थात् समयमै र व्यवस्थीत रुपमा फाइल गरिएका भिसा थप वा परिवर्तनका आवेदनको सन्दर्भमा निर्णय नआउँदै अमेरिका छाड्दैमा उनीहरुको भिसा रद्द हुँदैन ।

युएससीआईएस र अमेरिकी सरकारको विदेश मामिला म्यानुअलमा यसबारे प्रष्ट पारिएपनि युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन यसबारे स्पष्ट छ कि छैन भन्नेबारेमा पनि प्रश्न उठेको छ । एयरपोर्टमा आइसकेपछि सीबीपीले फर्काइदिने पो हो कि भन्ने चिन्ता भिसावाहकमा रहेको छ । यस सन्दर्भमा सीबीपीले भिजिटर भिसा थपका लागि आवेदन दिएका तर निर्णय अगाडि नै फर्किएकाहरुलाई विशेष सुझाव दिएको छ ।

अध्यागमन तथा राष्ट्रियता ऐनको २२२ जी हरेकका सन्दर्भमा फरक फरक तरिकाले लागु हुनसक्ने सीबीपीको भनाई छ । यो बुंदामा अमेरिकामा बस्नका लागि स्वीकृत गरिएको अवधिका सन्दर्भमा व्याख्या गरिएको छ । यसमा भएको व्यवस्थाले सीबीपीले सन्दर्भका रुपमा लिन सक्छ तर लिनैपर्ने बाध्यता भने छैन । त्यसैले सीबीपीले भिजिटर भिसा थपका लागि आवेदन दिएका तर निर्णय अगाडि नै फर्किएकाहरुलाई आई ९४ को अवधि समाप्त हुनु अगाडि समयमै भिसा थप वा परिवर्तनका लागि आवेदन दिएको रसिद बोक्न सुझाव दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिसाका सन्दर्भमा सीबीपीले दिएको यो सुझावले भिसा थपका लागि आवेदन दिएका तर निर्णय अगाडि नै फर्किएकाहरुलाई पुन अमेरिका आउँदा सहज बनाउने देखिन्छ । किनभने यस अगाडि भिसा थपका लागि आवेदन दिएका तर निर्णय अगाडि नै फर्किएका केहीलाई सीबीपी अधिकारीले भिसा थपको आवेदन त्यागेर फर्केको र बायोमेट्रिक अप्वाइन्टमेन्टमा उपस्थीत नभएको भन्दै विमानस्थलमा भिसा रद्द गरेर फिर्ता पठाएका थिए ।

अहिले अमेरिकन इमिग्रेशन लयर्स एसोसिएसन न्युयोर्क च्याप्टर र सीबीपीबीचको छलफलमा सीबीपीले आवेदकलाई समयमै भिसा थप वा परिवर्तनका लागि आवेदन दिएको रसिद बोक्न सुझाव दिएकाले सीबीपी अधिकारीले विमानस्थलमा मागेको खण्डमा उक्त रसिद देखाउनुपर्नेछ ।

यसैबीच सीबीपीका अधिकारीले भिसा थप आवेदनको स्वीकृतिविना आई ९४ को अवधि समाप्त भएपछि अमेरिकामा बसेका भिसावाहकको भिसा उनीहरु अमेरिकाबाट फर्केपछि स्वत रद्द हुने प्रावधान रहेकाले अमेरिकामा भिसा थपको आवेदन दिएका तर निर्णय नआउँदै अमेरिका छाडेका वा अमेरिकामा कोरोना महामारी लगायतका असाधारण अवस्थाका कारण आई ९४ को अवधि समाप्त भएपछि भिसा थपका लागि आवेदन दिएका तर निर्णय नआउँदै अमेरिका छाडेकाहरुले भविश्यमा अमेरिकामा यात्रा गर्नु अगाडि आफु बस्दै आएको देशको दूतावासमा सम्पर्क गरेर भिसा कायमै नभएको बुझ्न सुझाव दिएका छन् ।

खसोखासलाई जानकारी दिदै उनले भने – ‘अमेरिकामा तोकिएको समयभन्दा धेरै बसेकाहरुले भविष्यमा यात्रा गर्नु अघि आफ्नो निवास स्थानको अधिकार क्षेत्र भएको अमेरिकी दूतावास वा वाणिज्य दूतावासमा जानुपर्छ । अमेरिकी दूतावास वा वाणिज्य दूतावासले व्यक्तिको गैरआप्रवासी भिसा यात्राको लागि वैध छ वा व्यक्तिले नयाँ गैरआप्रवासी भिसा प्राप्त गर्न आवश्यक छ कि छैन भनेर निर्धारण गर्नेछ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com