भारतमा २४ घण्टामा वर्षाजन्य घटनामा परी २२ जनाले ज्यान गुमाए
प्रकाशित मिति : असार २७, २०८१ बिहीबार
People enjoy rain showers near the sea front in Mumbai on July 8, 2024. Intense monsoon storms battered India on July 8, flooding parts of the financial capital Mumbai, while lightning in the eastern state of Bihar killed at least 10 people, government officials said. (Photo by Punit PARANJPE / AFP)
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घन्टामा वर्षासँग सम्बन्धित घटनामा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका छ सयभन्दा बढी गाउँ जलमग्न भएका छन् ।
बाढीले एक हजार एकडभन्दा बढी कृषि भूमि डुबानमा परेको छ भने आठ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।
राहत र उद्धार टोलीले १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । मनसुनी भारी वर्षाले भारतको उत्तरपूर्वी राज्य आसाममा पूर्ण बाढी बाहेक देशका धेरै राज्यमा जल तथा बाढीजन्य अवस्थाहरू निम्त्याएको छ ।






