अदालती प्रकृया विना देशनिकाला रद्दका लागि आवेदन दिन पाइने नियमको योजनामा बाइडेन प्रशासन


प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

बाइडेन प्रशासनले अमेरिकामा ग्रिनकार्ड नभएका निश्चित व्यक्तिले अदालती प्रकृया विना नै देशनिकाला रद्दका लागि आवेदन दिन पाइने नियमको योजना बनाइरहेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले यसका लागि आगामी सेप्टेम्बरमा प्रस्तावित नियम ल्याउने योजना बनाएका हुन् ।

यस नियमले हालको अध्यागमन नियमहरू परिमार्जन गर्ने लक्ष्य राखेको छ । यो नियमले ग्रिनकार्ड नभएका केही आप्रवासीहरुलाई देशनिकालाको प्रक्रियामा नराखिकनै देशनिकालाकालाई रद्द गराउनका लागि आवेदन दिन अनुमति दिनेछ ।

यो महत्त्वपूर्ण प्रस्तावले आवेदन प्रक्रियालाई सुव्यवस्थित बनाउन र देशनिकालालाई रद्द गराउन खोज्ने आप्रवासीहरुको लागि थप पहुँचयोग्य विकल्पहरू प्रदान गर्नेछ । नयाँ प्रस्ताव अन्तर्गत विशिष्ट मापदण्डहरू पूरा गर्ने आप्रवासीहरु अध्यागमन र राष्ट्रियता ऐनको धारा २४० अन्तर्गत देशनिकालाको प्रकृयामा राख्ने प्रारम्भिक चरणलाई बाइपास गर्दै देशनिकाला रद्द गराउनको सीधै आवेदन दिन सक्नेछन् ।

यो अहिले प्रस्तावित नियम निर्माणको अग्रिम सूचनाको साथ पूर्व नियमको चरणमा छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले प्रभावकारी अध्यागमन नीतिहरू निर्माण गर्न समुदाय र सरोकारवालाहरूको प्रतिक्रियाको महत्त्वलाई जोड दिँदै यस प्रस्तावमा सार्वजनिक प्रतिकृया समेत माग्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नियमको विशेष विवरण र प्रभावहरूबारे अझै समीक्षा भइरहेको छ । स्तावित परिवर्तनहरूलाई समर्थन गर्नको लागि होमल्याण्ड सेक्युरिटी ऐन र यूएस कोडका विभिन्न खण्डहरू सहित धेरै कानुनी अधिकारीहरूलाई उद्धृत गरिएको छ ।

प्रस्तावित नियम फेडरल रजिस्टरमा प्रकाशित भएपछि पेश गरिएका टिप्पणीहरू सहित सार्वजनिक सहभागितालाई प्रोत्साहन गरिनेछ। सङ्कलन गरिएको प्रतिक्रियापमिात्र थप नियम बनाइनेछ । जसका कारण अन्तिम नियम आउन भने केहीसमय लाग्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com