बाइडेनको नयाँ नीतिदेखि विनाभिसा अमेरिका आउन खोज्नेको संख्यामा ४० प्रतिशत कमी
प्रकाशित मिति : असार १२, २०८१ बुधबार
Members of the Mexican Government’s Beta Group help a migrant girls who swam back to Mexico with her mother after reaching the US bank of the Rio Bravo river (Rio Grande in the US) and being stopped by members of the US National Guard reinforcing a barbed-wire fence along border river, in Matamoros, state of Tamaulipas, Mexico, on May 10, 2023. A surge of migrants is expected at the US-Mexico border cities as President Biden administration is officially ending its use of Title 42. On May 11, President Joe Biden’s administration will lift Title 42, the strict protocol implemented by previous president Donald Trump to deny entry to migrants and expel asylum seekers based on the Covid pandemic emergency. (Photo by Alfredo ESTRELLA / AFP)
अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाइलम प्रतिबन्धबारे नयाँ नीति घोषणादेखि विनाभिसा अमेरिका आउन खोज्नेको संख्यामा ४० प्रतिशत कमी आएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । अमेरिकी दक्षिणी सीमामा बाइडेनको कार्यकारी आदेश लागु भएको तीनहप्तामा आप्रवासीहरु गिरफ्तारी दर सात दिनको औसतमा ४० प्रति भन्दा बढी घटेर प्रति दिन २,४०० भन्दा कम भएको छ ।
सीमा अधिकारीहरूले सोमबार अमेरिकाको दक्षिणी सिमानामा करिब १६ सय आप्रवासीहरूलाई पक्राउ गरे, जुन आइतवारको १९ सयको तुलनामा घटेको छ । उल्लेखनीय गिरावटको बाबजुद बाइडेनको कार्यकारी आदेशका प्रतिबन्धहरु लागु हुने क्रम जारी रहेको छ । यो दर दैनिक औसत १५ सय भन्दा कम भएपछिमात्र प्रतिबन्धहरु हटाइनेछ ।
यही बीचमा २० भन्दा बढी देशहरूमा १०० भन्दा बढी डिपोर्टेशन उडानहरूमा २४ हजार भन्दा बढी मानिसहरूलाई फिर्ता गरेको एजेन्सीले जनाएको छ। आप्रवासीहरूलाई द्रुत रूपमा हटाउने कार्यले अध्यागमन प्रक्रियाहरू बाँकी रहेको देशमा रिहा हुने आप्रवासीहरूको संख्यामा ६५ प्रतिशत भन्दा बढी कमी आएको जनाइएको छ । सरकारले सीमा गस्ती हिरासतबाट फिर्ता पठाउने गैरनागरिकहरूको प्रतिशत दोब्बर बनाएको छ।
नोभेम्बर ५ को चुनाव अघिको महिनाहरूमा अध्यागमन अमेरिकीहरूको लागि शीर्ष मुद्दाको रूपमा देखा परेको छ । किनभने उक्त चुनावले ह्वाइट हाउस र संसदमा कस्को नियन्त्रण हुने भन्ने कुराको निर्णय गर्नेछ।
आइसले हरेक दिन लगभग पाँच देखि सातवटा देशनिकालाका उडानहरु सञ्चालन गर्दै आएको छ । मुख्य रूपमा मध्य अमेरिका र पश्चिमी गोलार्धका अन्य राष्ट्रहरूमा देशनिकालाका लागि यी उडानहरु संचालित छन् । ती उडानहरूले सामान्यतया लगभग १०० देखि १२० जना निर्वासितहरू बोक्छन्। उडानहरूलाई तिनीहरूको लागतको अतिरिक्त महत्त्वपूर्ण योजना र समन्वय आवश्यक पर्दछ।
बाइडेन प्रशासनले उडानका अतिरिक्त मेक्सिकोसँगको स्थल सीमामार्फत थप आप्रवासीहरूलाई फिर्ता पठाउने प्रयास गरिरहेको छ । मेक्सिकोका अधिकारीहरूले मध्य अमेरिकीहरू, क्युबालीहरू, हाइटियनहरू र भेनेजुएलाका नागरिकहरुलाईमात्र फिर्ता लैजाने सिमितता कायम गरेकाले अरु देशका नागरिकहरुलाई उडानमार्फत पठाउनुपर्छ ।
मेक्सिकोले नेपाल, चीन, भारत, अफ्रिकाका राष्ट्रहरू र विश्वका अन्य ठाउँहरूबाट अमेरिका प्रवेश गरेका आप्रवासीहरूलाई फिर्ता लिदैन । ती देशका नागरिकहरुलाई शरण लिन अयोग्य सावित गर्दा पनि नयाँ प्रतिबन्धहरूले उनीहरुलाई द्रुत निर्वासन गर्न सक्दैन । किनभने उनीहरुलाई उडानमार्फत फरक प्रकृया अपनाएर देशनिकाला गर्नुपर्ने हुन्छ ।






