युएससीआईएसबाट नेपाली लगायतका टीपीएसवाहकको वर्क परमिटको म्याद मार्च ९, २०२५ सम्म थप


प्रकाशित मिति : असार ६, २०८१ बिहीबार

युएससीआईएसले नेपाली लगायतका टीपीएसवाहकको वर्क परमिटको म्याद मार्च ९, २०२५ सम्म थप गरेको छ । नेपालसहित एल साल्भाडोर, होन्डुरस, निकारागुआ र सुडानका टीपीएसवाहकको वर्क परमिटको म्याद पनि मार्च ९ सम्म थप गरिएको छ ।

योग्य टीपीएसवाहकले वर्क परमिटको म्याद थपिएको सुनिश्चित गर्ने सुचना युएससीआईएसबाट प्राप्त गर्नेछन् । युएससीआईएसले हालै थप गरिएको म्यादका लागि रि-रजिष्ट्रेशन नगरेका टीपीएसवाहकलाई फर्म ८२१ पेश गरेर रि-रजिष्ट्रेशन गर्न सुझाव दिएको छ ।

वर्क परमिटको नमुना

तोकिएको रि रजिष्ट्रेशन अवधि भित्र ठीकसँग रि-रजिष्ट्रेशन नगरेकाहरुको टीपीएस सुविधा र त्यससँग सम्बन्धित लाभहरु फिर्ता लिनसक्ने युएससीआईएसले चेतावनी दिएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएस रि-रजिष्ट्रेशन अवधि जुन २४, २०२५ सम्म थपेको छ ।

रि-रजिष्ट्रेशनको अवधि सन् २०२५ को जुन २४ सम्म भएतापनि सकभर छिटो रि-रजिष्ट्रेशन गर्न कानुनविदहरुले सुझाव दिएका छन् । रि-रजिष्ट्रेशन अवधि जुन २४ सम्म भएतापनि नेपाली टीपीएसवाहकको वर्क परमिटको म्याद भने मार्च ९ सम्ममात्र थप गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीपीएसवाहकले गैर आप्रवासी भिसा कायम राख्न वा आवेदन दिनसक्ने

यसैबीच टीपीएस भएका व्यक्तिहरूले अझै पनि विद्यार्थी भिसा एफ वान जस्ता अन्य गैरआप्रवासी भिसाहरुको लागि आवेदन दिन र पहिले आफूसँग भएका त्यस्ता भिसाहरु कायम राख्न सक्ने युएससीआईएसले प्रष्ट पारेको छ । यसको मतलब तपाईंसँग टीपीएस छ भने पनि तपाईंले नयाँ गैरआप्रवासी भिसाको लागि आवेदन दिन सक्नुहुनेछ ।

टीपीएसवाहकले एफ वान विद्यार्थी भिसा, एचवान बी कामदार भिसा वा भिजिटर भिसा जस्ता गैरआप्रवासी भिसाका लागि आवेदन दिन सक्नेछन् । यदि पहिले नै गैरआप्रवासी भिसा भएका टीपीएसवाहकले पनि गैर आप्रवासी भिसाको विशिष्ट स्थितिका लागि योग्यताका आवश्यकताहरू पूरा गर्न जारी राख्दासम्म आफूसँग भएको गैरआप्रवासी भिसालाई कायम राख्न सक्नेछन् ।

टीपीएसको लागी आवेदन दिंदा अन्य अध्यागमन लाभहरूको लागि तपाइँको योग्यतामा कुनै असर नपर्ने र अन्य अध्यागमन लाभहरु लिंदा टीपीएसको योग्यतामा पनि कुनै असर नपर्ने युएससीआईएसले प्रष्ट पारेको हो । यो याद राख्नु महत्त्वपूर्ण छ कि टीपीएस एक अस्थायी लाभ हो र यसले स्वत स्थायी बसोबासको बाटोमा पुर्‍याउँदैन। तर टीपीएसवाहकले योग्य भएको खण्डमा रोजगार, परिवार वा अन्य आधारका लागि ग्रिनकार्डका लागि आवेदन दिन भने सक्नेछन् ।

अमेरिका बाहिर यात्रा गर्ने टीपीएस भएका व्यक्तिहरूले सामान्यतया देशमा पुन प्रवेश गर्ने प्रयास गर्नु अघि ट्राभल डकुमेन्ट कागजात प्राप्त गर्न आवश्यक छ। थप जानकारी र विशिष्ट मार्गदर्शनको लागि युएससीआईएस वा लाइसेन्सप्राप्त अध्यागमन वकिलसँग सिधै परामर्श गर्न सकिन्छ ।

अमेरिका आएको एकबर्ष नहुँदै टीपीएस लिएकाहरुले अहिले पनि एसाइलम आवेदन दिनसक्ने

अमेरिका आएको एकबर्ष नहुँदै टीपीएस लिएकाहरुलाई एकसाइलमको एकबर्षे नियम लागु हुँदैन । अध्यागमन नियमहरूको व्याख्या अनुसार टीपीएस प्रदान गरिएका व्यक्तिहरूले अमेरिकामा एसाइलम फाइल गर्नको लागि विस्तारित समयसिमा पाउन सक्नेछन् ।

हालको नियमहरूले शरणार्थीहरूलाई आवेदन फाइल गर्नको लागि उनीहरूको आगमन मितिबाट सामान्यतया एक वर्षको समय दिइएको छ। यद्यपि असाधारण परिस्थितिहरू सामना गर्ने व्यक्तिहरूको लागि अपवादहरू रहेका छन् । टीपीएसलाई पनि असाधारण अवस्थाका रुपमा स्वीकार गरिने संघीय नियमहरूको कोडमा उल्लेख छ ।

संघीय नियमहरूको कोडमा टीपीएसलाई असाधारण अवस्थाका रुपमा स्वीकार गरिनेमात्र उल्लेख भएपनि थप व्याख्या भने थिएन । तर युएससीआईएसले यसबारे थप व्याख्या गर्दै टीपीएस लिंदा एकबर्षको घडी समाप्त भइसकेको छैन भने अमेरिकामा आइपुगेको एक वर्ष भित्र एसाइलमका लागि फाइल गर्नुपर्ने आवश्यकतामा उक्त घडी रोकिने जनाएको छ ।

एसाइलमका लागि एकबर्षे नियममा छुट पाउन सकिने असाधारण अवस्थाहरु

उदाहरणका लागि कोही व्यक्तिले अमेरिका आएको ६ महिनामा नै टीपीएस लिएको थियो भने एसाइलम आवेदन दिने प्रयोजनका लागि अहिलेपनि उसको अवधि ६ महिना नै गणना हुन्छ । उसको टीपीएस समाप्त भएको अर्को ६ महिनाभित्र उसले एसाइलम आवेदन दिनसक्छ । जसको अर्थ अमेरिकाको आएको एकबर्ष नपुग्दै टीपीएस लिएकाहरुले अहिले पनि अमेरिकामा एसाइलम फाइल गर्न पाउँछन् ।

यो स्पष्टीकरणले एकबर्षको अवधिभित्र एसाइलम फाइल गर्न चुनौतीको सामना गरेका टीपीएस भएका व्यक्तिहरूका लागि सम्भावित रूपमा महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ । एसाइलम योग्यताबारे अनभिज्ञता भएका, कानूनी प्रतिनिधित्व पहुँच गर्न कठिनाई भएका, उत्पीडनको आवश्यक प्रमाण जुटाउन सयम लागेकाहरुलाई यो व्याख्याले राहत प्रदान गर्छ ।

टीपीएसले घडी रोकेका कारण आवेदकहरुले अब यी अवरोधहरू छिचोल्न र अझै पनि एसाइलम आवेदन दिन सक्छन् । एसाइलम आवेदनहरूको जटिलताहरू पत्ता लगाउनका लागि कानुनी सल्लाह खोज्नु उचित हुन्छ । एक अध्यागमन वकिलले व्यक्तिगत परिस्थितिहरूको मूल्याङ्कन गरेर उचित सल्लाह दिनसक्छन् भने उचित आवेदन प्रक्रियाहरू अपनाइएको सुनिश्चित गर्न सक्छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com