तीन महिनामा नै अमेरिकाको ग्रिनकार्ड !


प्रकाशित मिति : असार ६, २०८१ बिहीबार

युएससीआईएसले निकट भविश्यमा योग्यहरुका लागि ग्रिनकार्ड आवेदन आई ४८५ को प्रकृया ६ महिनामा झार्ने योजना बनाइरहेका बेला कतिपय आवेदकले ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन दिएको तीनमहिनामा नै  स्वीकृत भएको छ । ग्रिनकार्ड आवेदन आई ४८५ का लागि लाग्ने औषत अवधि श्रेणी अनुशार ४ महिनादेखि १३ महिनासम्म भएतापनि कतिपय आवेदकको भने तीनमहिनामा नै ग्रिनकार्ड आवेदन स्वीकृत हुने गरेको छ ।

न्युयोर्कका पारालिगल तथा अध्यागमन सेवा प्रदायक मनमोहन सिंह घिमिरेले आफूले सेवा प्रदान गरेका केही आवेदकको ग्रिनकार्ड आवेदन तीनमहिनामा नै स्वीकृत भएको जानकारी दिए । खासगरी एसाइलम आवेदन स्वीकृत भएको एकबर्ष पूरा भएपछि ग्रिनकार्डका लागि योग्य हुनेहरुको आवेदन दिएको तीनमहिनामा नै आवेदन स्वीकृत भएको उनले जानकारी दिए ।

मनमोहन सिंह घिमिरेले खसोखाससँग कुराकानी गर्दै भने – ‘कतिपय आवेदकको ग्रिनकार्ड आवेदन तीनमहिनामा नै स्वीकृत भएको छ । तर एसाएइलममा आधारित ग्रिनकार्ड स्वीकृत हुनका लागि एसाइलम स्वीकृत भएको एकबर्ष भने पूरा भएको हुनुपर्छ । यद्यपी आवेदन दिनका लागि भने एकबर्ष पूरा हुनु पर्दैन ।’

न्युयोर्कका पारालिगल तथा अध्यागमन सेवा प्रदायक मनमोहन सिंह घिमिरे

छिटो स्वीकृतिका लागि ग्रिनकार्ड आवेदनका साथमा मेडिकल रिपोर्ट समेत पठाउन आवश्यक हुने कानुनविदहरु बताउँछन् । कुनै पनि झन्झट नभएका केसमा ग्रिनकार्ड आवेदन तीनमहिनामा स्वीकृत भएका उदाहरणहरु आफ्नो कार्यालयमा समेत रहेको न्युयोर्कका कानुन व्यवसायी केशव राज सेडाईले खसोखासलाई जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने  – ‘कतिपय आवेदनमा अन्तरवार्ता समेत दिन नपर्ने भएकाले ग्रिनकार्ड अत्यन्तै छिटो स्वीकृत हुन थालेको छ । परिवारमा आधारित अर्थात् ग्रिनकार्डवाहक वा अमेरिकी नागरिकका दम्पत्तिका लागि फाइल गरिएका ग्रिनकार्डका सन्दर्भमा समेत कतिपयको हकमा अन्तरवार्ता विना समेत ग्रिनकार्ड स्वीकृत हुने गरेको छ ।’

न्युयोर्कका कानुन व्यवसायी केशव राज सेडाई

युएससीआईएसको ग्रिनकार्ड स्वीकृत हुने औषत अवधि हेर्दा अप्रिलसम्म एसाइलममा आधारित ग्रिनकार्ड स्वीकृत हुन साढे १३ महिनासम्म र रोजगारमा आधारित ग्रिनकार्ड स्वीकृत हुन ६ महिना लाग्ने गरेको छ । यद्यपी रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनका लागि भिसा करेन्ट हुनका लागि भने पहिलो श्रेणी बाहेक अन्य श्रेणीमा प्रतिक्षा अवधि निकै लामो रहेको छ ।

त्यस्तै परिवारमा आधारित ग्रिनकार्डका लागि औषत अवधि झण्डै १० महिना लाग्ने गरेको छ । तर परिवारमा आधारित ग्रिनकार्डका लागि पनि कैयन श्रेणीमा भिसा करेन्ट हुनका लागि प्रतिक्षा अवधि भने निकै लामो रहेको छ ।

युएससीआईएसले ग्रिनकार्ड आवेदनबारे छिटो निर्णय प्राप्त गर्नका लागि मेडिकल रिपोर्ट पनि एकसाथ पठाउन सुझाव दिदै आएको छ । गत अप्रिलमा ग्रिनकार्डका लागि पेश गरिने मेडिकल रिपोर्ट एक्सपायर नहुने युएससीआईएसले घोषणा गरेको थियो । सन् २०२३ को नोभेम्बर १ वा त्यसपछि उचित तरिकाले तयार गरेर सिभिल सर्जनले हस्ताक्षर गरेको मेडिकल रिपोर्ट एक्सपायर नहुने र स्वास्थ्यका आधारमा ग्रिनकार्डका लागि अयोग्य नभएको प्रमाणित गर्न अनिश्चितकालसम्म पेश गर्न सकिने युएससीआईएसले प्रष्ट पारेको छ ।

फर्म आई ६९३ नामको यो रिपोर्ट ग्रिनकार्ड आवेदनसँगै पेश गर्न सकिन्छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीसँगको परामर्शमा र सार्वजनिक स्वास्थ्य इलेक्ट्रोनिक सूचनामा भएको प्रगतिको आधारमा युएससीआईएसले मेडिकल रिपोर्टको मान्यता निश्चित समयसम्मका लागिमात्र कायम हुन नहुने तथा यसको म्याद निश्चित समय अवधिमा समाप्त हुन नहुने निष्कर्ष निकालेको हो ।

युएससीआईएसको न्युजर्सीमा रहेको फिल्ड अफिस

तर सिभिल सर्जनले मेडिकल रिपोर्टमा हस्ताक्षर गरेपछि आवेदकको चिकित्सा अवस्था परिवर्तन भएको विश्वास गर्ने कारण युएससीआईएसका अधिकारीसँग भएमा भने उनीहरुले थप प्रमाण वा नयाँ मेडिकल रिपोर्ट अनुरोध गर्नभने सक्नेछन् । त्यस्तै मेडिकल रिपोर्टले आवेदकको चिकित्सा अवस्थालाई सही रूपमा प्रतिबिम्बित नगरेको वा स्वास्थ्य सम्बन्धी आधारमा आवेदकको ग्रिनकार्ड अस्वीकार्य हुनसक्ने देखिएमा युएससीआईएसका अधिकारीले थप प्रमाण वा नयाँ रिपोर्ट माग्न सक्नेछन् ।

त्यस्तै मेडिकल रिपोर्टहरु सन् २०२३ को नोभेम्बर १ भन्दा अगाडि तयार पारिएको वा सिभिल सर्जनबाट हस्ताक्षर गरिएको भएमा भने त्यस्ता रिपोर्टहरु २ बर्षका लागिमात्र मान्य रहनेछन् । अर्थात् नोभेम्बर १ अगाडिका रिपोर्टमा विगतकै नीति लागु हुनेछ । किनभने नोभेम्बर १ भन्दा अगाडि सिभिल सर्जनहरुले मेडिकल रिपोर्ट तयार गर्दा सीडीसीलाई इलेक्ट्रोनिक रूपमा जानकारी शेय गर्न वा रिपोर्ट गर्न आवश्यक पर्दैनथ्यो ।

युएससीआईएसले सीडीसीसँग परामर्श गरेर नोभेम्बर १ अघि सिभिल सर्जनले हस्ताक्षर गरेको सही तरिकाले भरिएको मेडिकल रिपोर्टले सिभिल सर्जनको हस्ताक्षर भएको मितिदेखि दुई वर्षसम्ममात्र मान्यता पाउने निर्णय गरेको छ। साथै नयाँ नियम अफगानीहरुलाई अमेरिकामा पुनस्थापनाका लागि गरिएका प्रयासका सन्दर्भमा जारी मेडिकल रिपोर्टमा लागु हुँदैन । ती फर्महरु सिभिल सर्जनले हस्ताक्षर गरेको तीनबर्षसम्म मान्य हुनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com