ग्रीन कार्ड आवेदकहरू र तिनीहरूका बच्चाहरूलाई जोगाउन युएससीआईएससमक्ष आग्रह


प्रकाशित मिति : जेष्ठ ३२, २०८१ शुक्रबार

अमेरिकी सांसदहरूको द्विदलीय समूहले बाइडेन प्रशासनलाई ग्रीन कार्ड आवेदकका बच्चाहरूको सुरक्षा गर्न प्रशासनिक कारबाहीका लगि आग्रह गरेका छन् । रोजगारमा आधारित ग्रिन कार्ड ब्याकलगमा पर्खिरहेका आवेदकहरुका छोराछोरीहरू आफ्ना आमाबाबुले स्थायी बसोबास प्राप्त गर्नु अघि नै २१ वर्षको भएमा देश छोड्नु पर्ने हुन सक्ने भएकाले उनीहरुलाई जोगाउनका लागि आग्रह गर्दै सांसदहरुले पत्र लेखेका हुन् ।

रोजगारमा आधारित आप्रवासी भिसाको वार्षिक संख्या कम भएका कारण र हरेक देशका लागि कोटा रहेका कारण बाबुआमाले ग्रिनकार्डको प्रतिक्षा गरिरहँदा २१ बर्ष नाघेर एज आउट हुन सक्ने छोरा छोरीहरुलाई संरक्षणका लागि संसदले कानून पारित गरेको छैन। नेशनल फाउन्डेसन फर अमेरिकन पोलिसी एनालिसिसका अनुसार १० लाख भन्दा बढी भारतीयहरू आश्रितहरू सहित रोजगारमा आधारित ग्रीन कार्डको कोटिहरूमा पर्खिरहेका छन्।

बिहिबार सांसदहरुले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कास र युएससीआईएसका निर्देशक उर जद्दौलाई अध्यागमन नीतिबारे पत्र पठाएका हुन् । जसमा ४३ जना डेमोक्रेटिक र रिपब्लिकन सांसदहरुले हस्ताक्षर गरेका छन् । जसमा संसदले द्विदलीय अमेरिकाज चिल्ड्रेन एक्ट पारित नगर्दासम्म यो विषयमा बाइडेन प्रशासनले तत्काल कारबाही गर्न आवश्यक रहेको औल्याइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पत्रमा तीनवटा नीति परिवर्तनको अनुरोध गरिएको छ। पहिलो, लामो समयदेखि भिसामा रहेका बाबुआमाका एजआउट भएका छोराछोरीहरुलाई संरक्षण प्रदान गर्ने नीति ल्याउन अनुरोध गरिएको छ । दोश्रो, आई १४० आवेदन स्वीकृत भएका र भिसा वाहकका छोराछोरीहरुका लागि वर्क परमिटको योग्यता विस्तार गर्न अनुरोध गरिएको छ । साथै बाध्यकारी परिस्थिति अन्तर्गत एज आउट भैसकेका बालबालिकाहरू समावेश गरेर वर्क परमिटको योग्यता विस्तार गर्न आग्रह गरिएको छ ।

तेश्रो, युएससीआईएसलाई अत्यावश्यक मानवीय कारणका लागि वा महत्त्वपूर्ण सार्वजनिक लाभको लागि आवश्यक परेको खण्डमा केस अनुशार लामो समयदेखि भिसामा रहेकाहरुका बच्चाहरूलाई परोल खोज्न अनुमति दिने प्रक्रिया सिर्जना गर्न आग्रह गरिएको छ । तर रोजगारीमा आधारित ग्रिनकार्डको पर्खाइमा रहेका एचवानबी भिसा वाहकहरु र अन्यका बच्चाहरूलाई राहत उपलब्ध गराउनु चुनौतीपूर्ण रहेको जनाइएको छ ।

यद्यपी स्थायी बसोबासको लागि कुनै बाटो नभएका बच्चाहरूलाई मात्र अस्थायी लाभ दिन सक्ने यी प्रस्तावहरू अन्तरिम समाधान मात्र हुने कानुनविदहरु बताउँछन् । अमेरिकामा देशनिकाला स्थगितको सुविधा प्रदान गरिएको बालबालिकाहरु अमेरिकामा रहन र वर्क परमिट प्राप्त गर्न त सक्छन् । तर यस प्रस्ताव अन्तर्गत आमाबाबुलाई ग्रिनकार्ड प्रदान गरिसकेपछि छोराछोरीलाई के हुने भन्ने प्रष्ट छैन । किनभने यो अवस्थामा बच्चाहरु धेरै लामो समयसम्म देशनिकालाको स्थगनको सुविधामा मात्र बस्नुपर्नेछ, जबसम्म उनीहरूले अमेरिकामा ग्रिनकार्डका लागि बाबुआमामार्फत नभई आफ्नै आधार प्राप्त गर्न सक्दैनन्।

बाध्यकारी परिस्थितिमा आश्रित बालबालिकाहरूका लागि वर्क परमिट प्राप्त गर्न राम्रो भएतापनि बाल स्थिति संरक्षण ऐन अन्तर्गत उमेर नपुगेका र आफ्नो उमेर जोगाउन नसक्ने बालबालिकाहरूले बाबुआमाका साथमा आप्रवासी भिसाहरू प्राप्त गर्न नसक्ने भएकाले उमेर ढल्किने जोखिममा रहेका बालबालिकाले भविश्यमा कसरी ग्रिनकार्ड पाउने भन्नेबारे अन्यौल हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com