बाइडेनको एसाइलम प्रतिबन्धपछि अमेरिका मेक्सिको सीमामा आप्रवासीको गिरफ्तारी घट्यो


प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार

Migrants are taken into custody by officials at the Texas-Mexico border, Wednesday, Jan. 3, 2024, in Eagle Pass, Texas. U.S. House Speaker Mike Johnson is leading about 60 fellow Republicans in Congress on a visit to the Mexican border. Their trip comes as they are demanding hard-line immigration policies in exchange for backing President Joe Biden’s emergency wartime funding request for Ukraine. (AP Photo/Eric Gay)

अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाइलम प्रतिबन्ध लागु भएपछि अमेरिका मेक्सिको सीमामा आप्रवासीको गिरफ्तारी घटेको छ । गैरकानूनी रूपमा अमेरिका मेक्सिको सीमा पार गर्ने आप्रवासीको संख्या शुक्रबार घटेको जनाइएके छ । यसले नयाँ बाइडेन प्रशासनको नयाँ नीतिले केही अवैध आप्रवासनलाई रोकिरहेको संकेत गरेको छ।

शुक्रबार अमेरिकी सीमा गस्तीले अवैध रूपमा सिमा पार गर्ने लगभग ३१ सय मानिसहरूलाई पक्राउ गरेको छ, जुन अघिल्लो दिनको तुलनामा लगभग २० प्रतिशत कम रहेको जनाइएको छ । यो एक निश्चित प्रवृत्ति भनेर यकिन गर्न छिटो हुने भएतापनि सम्भावित प्रारम्भिक सफलताको संकेत रहेको अधिकारीहरुको भनाई छ ।

नोभेम्बर ५ को चुनाव अघिको महिनाहरूमा अध्यागमन अमेरिकीहरूको लागि शीर्ष मुद्दाको रूपमा देखा परेको छ । किनभने उक्त चुनावले ह्वाइट हाउस र संसदमा कस्को नियन्त्रण हुने भन्ने कुराको निर्णय गर्नेछ।

अमेरिकी सिमा सुरक्षा एजेन्टहरूले राष्ट्रपति बाइडेनको कार्यकारी आदेश अन्तर्गत मेक्सिकोकोबाट विनाभिसा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूलाई फिर्ता पठाउन सुरु गरिसकेका छन् । बाइडेनले सिमाक्षेत्रमा एसाइलम खोज्नेहरुलाई कडाई गर्न नयाँ नीतिको घोषणा गरे लगत्तै सिमाक्षेत्रमा आएकाहरुलाई फर्काउन थालिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपतिले सीमामा आपतकालिन अवस्था घोषणा गरेको एक दिन पछि मेक्सिकोबाट अवैध रूपमा प्रवेश गरेका आप्रवासीहरूलाई फिर्ता गर्न सुरु गरिएको हो । बाइडेन प्रशासनले तोकेका आधारभूत नियमहरू अन्तर्गत उनीहरुलाई फिर्ता गरिएको हो । तर कति आप्रवासीहरू फर्काइयो भन्नेबारे केही बताइएको छैन ।

बाइडेनको नयाँ नियमले विनाभिसा सिमा पार गर्नेहरुको संख्या औषतमा १५ सयभन्दा माथि भएपछि सिमाक्षेत्रमा एसाइलममा प्रतिबन्ध लगाउँछ । यो प्रतिबन्धले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूमा प्रतिबन्धको प्रभाव कुन स्तरमा पार्छ भनेर अहिले नै मापन गर्न भने मुस्किल रहेको छ ।

बाइडेन प्रशासनले कार्यकारी आदेशका नयाँ प्रतिबन्धहरू लागु गर्ने प्रयास प्रारम्भिक हप्ताहरूमा बढाउने भएको छ । गैरकानूनी क्रसिङहरू हटाउन देशनिकालाको उपाय महत्त्वपूर्ण रहेको अधिकारीहरुले बताएका छन् ।

बाइडेन प्रशासनले नयाँ उपायहरू अन्तर्गत आप्रवासीहरूलाई उनीहरुका देशमा फर्काउने संख्या बढाउनको लागि देशनिकालाका उडानहरूमा छोटो अवधिको बृद्धिको तालिका भने बनाएको छैन । अधिकारीहरूले देशनिकाला वा मेक्सिको फिर्ता गर्ने आप्रवासीहरुको संख्या एक दशकमा उच्चतम स्तरमा बढाएको बताएका छन् । उनीहरुले आगामी हप्ताहरूमा उडानहरू बढाउने योजना बनाएका छन्।

आइसले हरेक दिन लगभग पाँच देखि सातवटा देशनिकालाका उडानहरु सञ्चालन गर्दै आएको छ । मुख्य रूपमा मध्य अमेरिका र पश्चिमी गोलार्धका अन्य राष्ट्रहरूमा देशनिकालाका लागि यी उडानहरु संचालित छन् । ती उडानहरूले सामान्यतया लगभग १०० देखि १२० जना निर्वासितहरू बोक्छन्। उडानहरूलाई तिनीहरूको लागतको अतिरिक्त महत्त्वपूर्ण योजना र समन्वय आवश्यक पर्दछ।

बाइडेन प्रशासनले उडानका अतिरिक्त मेक्सिकोसँगको स्थल सीमामार्फत थप आप्रवासीहरूलाई फिर्ता पठाउने प्रयास गर्नेछ। मेक्सिकोका अधिकारीहरूले मध्य अमेरिकीहरू, क्युबालीहरू, हाइटियनहरू र भेनेजुएलाका नागरिकहरुलाईमात्र फिर्ता लैजाने सिमितता कायम गरेकाले अरु देशका नागरिकहरुलाई उडानमार्फत पठाउनुपर्छ ।

मेक्सिकोले नेपाल, चीन, भारत, अफ्रिकाका राष्ट्रहरू र विश्वका अन्य ठाउँहरूबाट अमेरिका प्रवेश गरेका आप्रवासीहरूलाई फिर्ता लिदैन । ती देशका नागरिकहरुलाई शरण लिन अयोग्य सावित गर्दा पनि नयाँ प्रतिबन्धहरूले उनीहरुलाई द्रुत निर्वासन गर्न सक्दैन । किनभने उनीहरुलाई उडानमार्फत फरक प्रकृया अपनाएर देशनिकाला गर्नुपर्ने हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com