न्युयोर्क सिटीमा २ बर्षमा विनाभिसा छिरेका २ लाखभन्दा बढी कागजपत्रविहिनको प्रवेश


प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार

TOPSHOT – Migrant people cross through the banks of the Rio Grande to the US, as seen from Matamoros, state of Tamaulupas, Mexico on May 9, 2023. A surge of migrants is expected at the US-Mexico border cities as President Biden administration is officially ending its use of Title 42. On May 11, President Joe Biden’s administration will lift Title 42, the strict protocol implemented by previous president Donald Trump to deny entry to migrants and expel asylum seekers based on the Covid pandemic emergency. (Photo by ALFREDO ESTRELLA / AFP)

न्युयोर्क सिटीका अधिकारीहरूका अनुसार सन् २०२२ को वसन्तमा आप्रवासी संकट सुरु भएदेखि नै सिटीको प्रणालीबाट २ लाख भन्दा बढी शरणा खोज्ने कागजपत्रविहिनहरु न्युयोर्क सिटीमा आएका छन् । कम्तिमा २ लाख १ हजार २ सय कागजपत्रविहिन आप्रवासीहरू विगत दुई वर्षमा न्युयोर्क सिटीमा आइपुगेका छन् भने अहिलेपनि ६० हजार भन्दा बढी सिटीको हेरचाहमा रहेका छन्।

दुई वर्ष भन्दा अलि बढीमा अमेरिकाका प्रमुख शहरहरूको भन्दा ठूलो जनसंख्या पाँचवटा बरोहरूमा आश्रय माग्दै आएको प्रशासनले एक विज्ञप्तिमा जनाएको छ । न्युयोर्क सिटीले राष्ट्रलाई राष्ट्रिय मानवीय संकटको प्रतिक्रिया मानवीय रूपमा कस्तो देखिन्छ भनेर देखाएको र ती व्यक्तिहरू मध्ये ६५ प्रतिशत भन्दा बढी न्युयोर्क सिटीको आश्रय प्रणालीबाट बाहिर गएको वक्तव्यमा उल्लेख छ ।

New York Central Park

राष्ट्रपति जो बाइडेनले अमेरिका मेक्सिको सीमा सुधारमा कार्यकारी आदेश जारी गरेपछि यो तथ्यांक आएको हो । सिटीका अधिकारीहरूले उनीहरूले संघीय सरकारबाट थप मद्दतको लागि आह्वान गरिसकेको बताएका छन् । राष्ट्रिय संकटलाई राष्ट्रिय समाधान चाहिने उनीहरुले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रवक्ताले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति बाइडेनले दक्षिणी सिमानामा कारबाही गरिरहेको सुन्न पाउँदा आफूहरु खुसी भएको उल्लेख गरिएको छ । तर न्युयोर्क सिटीले यस संकटमा ४ दशमलव ६ बिलियन डलर भन्दा बढी खर्च गरिसकेको र २ सय भन्दा बढी आपतकालीन आश्रयस्थलहरु जारी राखेको वक्तव्यमा उल्लेख छ । यो हप्तामात्र १२ सय नयाँ शरण खोज्नेहरु न्युयोर्क सिटीमा प्रवेश गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com