आज मध्यरातदेखि सीमा नाका बन्द गर्ने कार्यकारी आदेशमा बाइडेनबाट हस्ताक्षर


प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार

विनाभिसा मेक्सिकोबाट अमेरिका छिर्नेहरुको संख्या कम गर्न  सिमानाका बन्द गर्ने  कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार हस्ताक्षर गरेका छन् ।  आप्रवासीहरूलाई अमेरिका मेक्सिको सीमामा एसाइलम खोज्नबाट रोक्ने यो कार्यकारी आदेश अध्यागमन प्रणालीमा दबाब कम गर्न र मतदाताहरू बीचको ठूलो चिन्तालाई सम्बोधन गर्न जारी गरेका हुन् ।

यो बाइडेन वा अन्य कुनै आधुनिक डेमोक्र्याटद्वारा स्थापित गरिएको सबैभन्दा कडा सीमा नीति हो । जसले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा गरेको प्रयासको झल्को दिएको छ । यद्यपी ट्रम्पको प्रयास भने संघीय अदालतले कार्यान्वयन हुनबाट रोकेको थियो ।

ह्वाइट हाउसमा गरेको टिप्पणीमा बाइडेनले आफू कार्यकारी आदेश जारी गर्न बाध्य भएको बताएका छन् । रिपब्लिकनहरूले द्विदलीय बिललाई अवरुद्ध गरेका कारण यो आदेश जारी गरिएको उनले बताए । उक्त बिलमा महत्त्वपूर्ण सीमा सुरक्षा प्रतिबन्धहरू रहेका थिए।

आप्रवासीहरू मेक्सिकोको चिहुआहुआ राज्यको सिउडाड जुआरेज हुँदै अमेरिकामा रियो ब्राभो नदी पार गर्नुअघि, जसलाई अमेरिकामा रियो ग्रान्डे भनेर चिनिन्छ।  (हेरिका मार्टिनेज / एएफपी )

बाइडेनको कार्यकारी आदेश बुधबार बिहान १२ बजेर १ मिनेटमा लागू हुनेगरी तय गरिएको छ । जहाँ सीमा अधिकारीहरूले सीमा पार गर्ने आप्रवासीहरूलाई मेक्सिको वा उनीहरूको देशहरूमा केही घण्टा वा दिनमा फर्काउन सक्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दैनिक अवैध क्रसिङहरूको संख्या सात दिनको औसतमा २५ सय पुगेपछि यो नीति लागू हुन्छ । यो सङ्ख्या लगातार सात दिनसम्म १ हजार ५ सयमा झरेर दुई सातासम्म यसरी नै रहेपछि मात्रै नाका खुल्छ । अहिले दैनिक २५ सय अवैध क्रसिङ नियमित घटना हो।

त्यो थ्रेसहोल्ड पहिले नै पूरा भइसकेकोले सिमानाका बन्द तुरुन्तै लागू हुनेछ । र, गैरकानूनी रूपमा दक्षिणी सीमा पार गर्ने व्यक्तिहरू एसाइलमका लागि अयोग्य हुनेछन् । त्यो संख्या एक हजार ५०० मा झरेपछि मात्रै नाका खुल्नेछ ।

सामान्यतया गैरकानूनी रूपमा पार गर्ने र शरण दाबी गर्ने आप्रवासीहरूलाई अदालतमा हाजिर हुनको लागि पर्खन अमेरिकामा रिहा गरिन्छ, जहाँ उनीहरूले आफ्ना मुद्दाहरूको बहस गर्न सक्छन्। तर ठूलो ब्याकलगका कारण ती मुद्दाहरूमा सुनुवाई हुन वर्षौं लाग्न सक्छ। नयाँ प्रणाली ती अवैध क्रसिङहरूलाई रोक्न डिजाइन गरिएको हो।

मङ्गलबार घोषणा गरिएका प्रतिबन्धहरूमा सीमित अपवादहरू हुनेछन् । एक्लै सीमा पार गर्ने नाबालिगहरू, मानव बेचबिखनका सिकार भएकाहरू र सीबीपी एप प्रयोग गरेर सीमा अधिकारीसँग शरणको अनुरोध गर्नको लागि अपोइन्टमेन्ट तय गर्नेहरुलाई पनि यो नियम लागु हुनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com