२३ हजार ४३ नेपाली विद्यार्थीहरु अमेरिकामा अध्ययनरत


प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार

woman reading book

अमेरिकी सरकारकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले २३ हजार ४३ नेपाली विद्यार्थीहरु अमेरिकामा अध्ययनरत रहेको तथ्यांक सार्वजनिक गरेको छ । सेभिजबाट निकालिएको यो तथ्यांक अनुशार अमेरिकामा अध्ययनरत नेपालीहरु विश्वका अन्यदेशबाट आएका विद्यार्थीहरुको सुचीमा १३ नम्बरमा रहेका छन् ।

अमेरिका सबैभन्दा धेरै भारतीयहरु अध्ययनरत रहेका छन् भने दोश्रोमा चाइनिज रहेका छन् । तेश्रोमा कोरियन, चौथोमा क्यानेडियन, पाँचौंमा ब्राजिलियन, छैठौंमा भियतनामी, सातौंमा जापानी, आठौंमा ताइवानी, नवौंमा नाइजेरियन, दशौंमा मेक्सिकन रहेका छन् । एघारौंमा बंगलादेशी र बाह्रौंमा कोलम्बियनपछि तेह्रौंमा नेपालीहरु रहेका छन् ।

२०२२ मा अमेरिकामा अध्ययनरत विद्यार्थीहरुको संख्या २० हजार ३ सय ४४ रहेकोमा २०२३ मा यो संख्यामा बृद्धि देखिएको हो । यो संख्या विभिन्न बर्षहरुमा विद्यार्थी भिसामा अमेरिका आएर वा अमेरिकामा आएर विद्यार्थी भिसामा स्टाटस परिवर्तन गरेर अमेरिकाका विभिन्न कलेज र युनिभर्सिटीहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२३ को सेभिज रेकर्ड अनुशार स्टीम ओपीटीमा सहभागी हुनका लागि स्वीकृत प्रदान गरिएका नेपाली विद्यार्थीहरुको संख्या ३४१६ रहेको छ । स्टीम ओपिटीमा सहभागी हुन स्वीकृत अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा पहिलोमा भारतीय, दोश्रोमा चाइनिज, तेश्रोमा कोरियन र चौथोमा नेपालीहरु रहेका छन् । विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणितमा स्नातक डिग्री लिएर अमेरिकामा काम खोज्न वर्क परमिट पाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरु स्टीम ओपीटी वाहक हुन् ।

आर्थिक बर्ष २०२३ मा ६ हजार २ सय ३ जना नेपालीहरु विद्यार्थी भिसामा अमेरिका आएको तथ्यांक डिपार्टमेन्ट अफ स्टेटको ब्यूरो अफ कन्सुलर अफेयर्ससँग रहेको छ । यो संख्या २०२२ मा ६ हजार ७ सय ८० थियो भने २०२१ मा ३ हजार ४ सय ५३ रहेको थियो । यसमा अमेरिकामा आइसकेपछि स्टाटस परिवर्तन गर्नेहरुको संख्या समावेश छैन ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार अमेरिकामा विभिन्न बर्षमा विद्यार्थी भिसामा आएका ४०८३ जनाले अमेरिका छाड्ने अपेक्षा गरिएको थियो । तर त्यसमध्ये ३७ जनाले भिसा ओभरस्टे भइसकेपछिमात्र अमेरिका छाडे भने ६४३ जना अमेरिकाभित्रै ओभरस्टे भए । बाँकीले या त भिसा ओभरस्टे हुनु अगाडि अमेरिका छाडे, या त अमेरिकामा नै अध्यागमन स्टाटस थप, विस्तार, परिवर्तन गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com