१३ बर्षीय वालक भन्छन : बिदाको बेला मादल बजाएर खर्च जुटाएको छु


प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार

माध्यमिक तहमा पढ्ने विद्यार्थीले आफूलाई आवश्यक कापी, कलमलगायत अतिरिक्त शुल्कको व्यवस्था गर्न अभिभावकको भरपर्ने कुरा सामान्य नै हो । तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीय शिवशङ्कर बुढाले भने अतिरिक्त समयमा दोहोरी साँझमा मादल बजाएरै शिक्षण सामग्रीमात्र नभई घरखर्चको प्रबन्धसमेत गर्दै आउनुभएको छ ।

आफ्ना बुवा कलाकार ४२ वर्षीय विश्व बुढामार्फत दुई वर्षअघि मादल बजाउने सीप सिकेपछि हिजोआज शिवशङ्करको अतिरिक्त समय व्यास–२ दमौलीस्थित मादिसेती दोहोरीसाँझमा मादल बजाएर बित्ने गर्दछ । व्यास–१४ केशवटार घर भई हाल व्यास–३ देउरालीनगरमा बस्दै आउनुभएका शिवशङ्करले पढाइका अलावा अतिरिक्त समयमा मनोरञ्जनका लागि आफूले दोहोरी साँझमा दैनिक करिब एक घण्टा मादल बजाएर पढाइ र घरखर्चको जोहो गर्दै आएको बताउनुभयो ।

“विद्यालयको गृहकार्य सकिएपछि घरमा त्यसै बस्नुभन्दा थप सीप आर्जन गर्न कहिलेकाहीँ दोहोरी साँझमा मादल बजाउनसमेत जाने गर्दछु, बिदाको समय मिलाएर बुवासँग दैनिक एक घण्टा जति मादल बजाएर थप सीप आर्जन गरेको छु”, शिवशङ्करले भन्नुभयो, “बुवासँगै मादल बजाउने गर्दा थप सीप निखार्न मात्र नभई महिनाको रु १२–१४ हजार कमाउने गर्दै आएको छु ।” दोहोरी साँझमा आउने ग्राहकले समेत आफ्नो प्रतिभा देखेपछि पुरस्कारस्वरुप हातमा रकम थमाउने गर्दा झनै हौसला मिल्ने गरेको शिवशङ्करको भनाइ छ ।

भविष्यमा आफू मादललगायत गीतसङ्गीतको क्षेत्रमा सक्रियरूपमा लाग्ने सोच बनाएको शिवशङ्करले बताउनुभयो । उक्त दोहोरी साँझमा सांस्कृतिक संयोजकसमेत रहनुभएका कलाकार विश्व बुढासँग बिदा र अतिरिक्त समयमा छोरा शिवशङ्करले बजाएको मादल दोहोरी साँझका ग्राहकले निकै मन पराउने गरेको दोहोरी साँझका सञ्चालक शुभद्रा श्रेष्ठले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शिवशङ्करले ख्याली, झ्याउरे, टप्पा, रोइला, कौराह, सालैजो, सवला, मारुनी, सुगम सङ्गीत र अविलम विलम तालमा मादल बजाउन सिकेको बुवा विश्वको भनाइ छ । बालअधिकार हनन नहोस् भन्नेतर्फ आफू सचेत रहेकाले बिदाको भन्दा अन्य समयमा छोरा शिवशङ्करलाई पढाइमा नै केन्द्रित गराएको बुवा विश्वले बताउनुभयो ।

पढाइमा समेत अभिरुचि राख्ने शिवशङ्करले विद्यालयमा आयोजना हुने हरेक सांस्कृतिक कार्यक्रममा निकै राम्रो मादल बजाएर सबैको मन जित्ने गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद खनालले जानकारी दिनुभयो । बुवा विश्व उक्त विद्यालयको कक्षा १२ का र छोरा शिवशङ्कर कक्षा ७ का विद्यार्थी भए पनि बाबु र छोराबीच साथीको जस्तो सम्बन्ध रहेको प्रधानाध्यापक खनालले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com