भारतसामु रुसी सेनामा आबद्ध नेपालीहरुको गुहार- ‘हामी फर्किन चाहान्छौं, सहयोग गर्नुस्’ (भिडियो)


प्रकाशित मिति : फाल्गुन २८, २०८० सोमबार

रुस र युक्रेनबीचको युद्धमा धेरै नेपालीहरु पनि फसेका छन् । रुस र युक्रेनबीचको युद्धमा फसेका रुसी सेनामा आबद्ध सैनिकहरुले भारतसँग सहयोगको याचना गरिरहेका छन् । रुसी सेनामा सहयोगीका रूपमा काम गर्न पुगेका नेपालीहरु त्यसको सट्टा अहिले युक्रेनविरुद्ध युद्ध लड्न बाध्य भएका छन् ।

अहिले रुसी सेनामा आबद्ध नेपालीहरुको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा ती मानिसहरू कडा चिसोमा आश्रयमा लुकेर बसेको देख्न सकिन्छ । एक सैनिकले भारत सरकारसँग सहयोगको याचना गरिरहेका छन् ।

तीमध्ये एक सैनिकले भनेका छन्, ‘हामी नेपालबाट आएका हौँ । एजेन्टले झूट बोलेर हामीलाई रूस पठायो र अहिले हामी धेरै कठिनाइहरूको सामना गरिरहेका छौं । हामीलाई रुसी सेनामा सहायकको रूपमा काम गर्न भनियो । तर, हामीलाई युद्धमा लड्न पठाइयो ।’

उनले आफूसँगै भारतका तीनजना व्यक्ति पनि रहेको दाबी गरे, जसलाई भारत सरकारले निकालेको छ । उनले भने, ‘नेपाली दूतावासले हामीलाई कुनै सहयोग नगरेको बताए । त्यसैले हामी छिमेकी राष्ट्र भारतसँग सहयोग माग्न चाहन्छौँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती सैनिकहरूले थप भने, ’हामीलाई भारतबाट धेरै आशा छ कि यसले हामीलाई पनि मद्दत गर्नेछ र हामीलाई निराश गर्नेछैन । नेपाल र भारतको सम्बन्ध धेरै राम्रो छ, त्यसैले हामी तपाईहरुसँग सहयोग माग्न चाहन्छौं । किनभने तपाईको देश र दूतावास धेरै शक्तिशाली छन् । यहाँका सबै नेपाली दाजुभाइ फर्किन चाहन्छन् । किनकी हामी ठगिएका छौं ।’

उनले सुरुमा ३० जना रहेकामा अहिले ५ जना मात्रै बाँकी रहेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com