२ बर्षसम्म पनि शारीरिक सम्वन्ध नराखेको भन्दै पति बिरुद्ध प्रहरीमा उजुरी


प्रकाशित मिति : फाल्गुन ८, २०८० मंगलबार

red and white floral pants

शारीरिक सम्बन्ध नराखेको भन्दै भारतमा एक महिलाले पतिका बिरुद्ध उजुरी दिएकी छन् । बिहे गरेको दुई वर्षसम्म पनि शारीरिक सम्वन्ध पतिले आफु संग नराखेको ति महिलाको भनाई रहेको छ ।

पतिलाई आफूले शारीरिक सम्बन्ध किन नराखेको भनेर सोध्दा उल्टै आफूमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने गरेको पनि उनले दिएको उजुरीमा उल्लेख गरिएको छ । आफूलाई माइत जानसमेत नदिई धम्की दिएर राखिएको ती महिलाको आरोप छ ।

ती महिलाले दिएको उजुरीपत्रमा उल्लेख भए अनुसार उनीहरूको विवाह ३१ मई २०२१ मा भएको हो । विवाहपछि आफू पतिको घर गएको र दुई वर्षसम्म पनि पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको उल्लेख गरिन । उनले उजुरीमा यसबारे परिवारका अन्य सदस्यलाई समेत जानकारी गराए पनि कसैले वास्ता नगरेको बताएकी छन ।

प्रहरी अधिकारी अदिति कुमारीका अनुसार यो मामिलामा उजुरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ । बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थाना अन्तर्गतको एक गाउँमा बस्दै आएकी महिलाले अहियापुर थाना अन्तर्गत घर भएका पतिविरुद्ध उजुरी दिएको त्यहाँको प्रहरीले बताएको छ । एजेन्सीहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com