युक्रेनी राष्ट्रपति जेलेन्स्की भन्नुहुन्छ : थप हतियार पाएनौ भने युरोपलाई विनाशबाट जोगाउन सकिदैन


प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हतियार नपाउने हो भने युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो हुने बताउनु भएको छ । अहिले हतियारको कृत्रिम अभाव सिर्जना भएको भन्दै थप हतियार दिन उहाँले माग गर्नुभयो ।

यसले रुसलाई मात्र फाइदा पुग्ने जेलेन्स्कीले जर्मनीमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा भन्नुभएको हो । उहाका अनुसार युक्रेनी सेनासँग हतियार र गोला बारुद सकिएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने अमेरिकी संसदमा युक्रेनलाई आर्थिक सहयोग गर्ने प्रस्तावलाई अड्काईएको जेलेन्स्कीले भन्नुभएको छ ।

आफू ट्रम्पसँग सीमामा जान पनि तयार रहेको र यदि ट्रम्प सत्तामा फर्किए भने म उहाँसँग सीमामा जान तयार छु । मेरो मतलब वास्तविक युद्धसँग हो । इन्स्टाग्राममा लडिरहेको युद्धसँग होइन । म वास्तविक रणभूमिको कुरा गर्दैछु,’ जेलेन्स्कीले भन्नुभएको हो ।

युक्रेनको पूर्वी सहर एभडिभकाबाट युक्रेनले आफ्ना सेना फिर्ता बोलाएको छ । यस सहरमा युक्रेनी सेनाले हतियार र गोलाबारुदको अभाव भोगिरहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com