निर्वाचन कानून नमान्ने ४१ दल लाई खारेजीको प्रकृयामा लगिदै


प्रकाशित मिति : फाल्गुन ३, २०८० बिहीबार

४१ राजनीतिक दललाई खारेजीको प्रक्रियामा लगिने भएको छ । केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्ने प्रकृयामा लैजान थालिएको निर्बाचन आयोगले बताएको छ ।

आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार आयोगले तोकेको जरिवानासमेत नबुझाएपछि ति ४१ दललाई खारेजीको प्रक्रियामा लैजान लागिएको हो । निर्बाचन आयोगले बनाएको नियम लाई ति दलहरुले उलङघन गरेको आयोगको ठम्याई रहेको छ ।

अन्तिम एक पटकका लागि ४१ दललाई जरिवाना बुझाउन निर्देशन दिने र नबुझाए खारेज प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, महाशाखा प्रमुख भट्टराईले भन्नुभयो । आर्थिक वर्ष २०७८।७९ को आयव्ययको विवरण नबुझाउने र बुझाए पनि सार्वजनिक नगरेका दलको सङ्ख्या ४० छ ।

केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेकाले अझै एकपटक जरिवाना बुझाउन आधुनिक नेपाल समाजवादी नामको पार्टी लाई भने म्याद दिने निर्बाचन आयोगको तयारी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com