इजरायली आक्रमणबाट रफाहमा ६७ जना मारिए, आक्रमणले ‘नरसंहार’ निम्त्याउन सक्ने चेतावनी


प्रकाशित मिति : फाल्गुन १, २०८० मंगलबार

गाजाको दक्षिणी भागमा रहेको रफाहमा जारी इजरायली आक्रमणले ‘नरसंहार’ निम्त्याउन सक्ने संयुक्त राष्ट्रसंघका अधिकारीले चेतावनी दिएका छन् । राष्ट्र संघका मानवीय प्रमुख मार्टिन ग्रिफिथ्सले गाजामा प्यालेस्टाइनीहरूले पहिले नै बिना तीव्र र क्रूर आक्रमणको सामना गरिरहेको बताउनुभयो ।

उहाँले रफाहमा भएको आक्रमणको नतिजा विनाशकारी हुने चेतावनी दिनुभएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास लडाकुलाई परास्त गर्ने वाचा गर्नुभएको छ । हमासका लडाकुहरु सहरमा लुकेर बसेको उहाँको आशंका छ ।

युद्धग्रस्त रफाह क्षेत्र

१० लाख भन्दा बढी मानिस राफाहमा फसेका छन् र मृत्युको सामना गरिरहेका ग्रिफिथ्सले कठोर शब्दमा भन्नुभएको छ । उहाँले सहरमा खानेकुरा वा औषधिको पहुँच निकै कम भएको र कतै जान सुरक्षित नभएको बताउनुभयो । रफाह इजिप्टको सिमानामा रहेको गाजा पट्टीको दक्षिणमा अवस्थित एउटा सहर हो ।

युद्ध सुरु हुनु अघि यहाँ करिब साढे २ लाख जनसंख्या थियो । इजरायलले नागरिकहरूलाई धेरै क्षेत्रहरू खाली गर्न आदेश दिएपछि अधिकांश मानिसहरु यहाँ आएर बसेका थिए । धेरै मानिसहरु धेरै खराब अवस्थामा यहाँ पालमा बसिरहेका छन् ।

हालैका दिनहरूमा इजरायलले रफाहमा आक्रमणलाई तीव्र पारेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ कम्तिमा ६७ जनाको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com