बेलायतमा अर्का नेपाली युवापनि तीन महिनादेखि बेपत्ता


प्रकाशित मिति : माघ २५, २०८० बिहीबार

बेलायतमा अर्का एकजना नेपाली युवा वेपत्ता भएका छन् । बेलायतको नर्थवेष्ट लुटनमा बस्दै आएका अभिषेक सुनार विगत तीन महिनादेखि सम्पर्कविहीन रहेको निशान्त खतिवडाले सामाजिक संजालमार्फत उल्लेख गरेका छन् ।

गत डिसेम्बरदेखि साथीभाई, परिवारका सदस्य तथा काम गर्ने स्थानमासमेत सम्पर्कमा नआएको खतिवडाले बताएका छन् । उनको विस्तृत जानकारी उपलब्ध नभएकाले यदि कसैले देखे सम्पर्क गर्न खतिवडाले  आव्हान गरेका हुन् ।

नेपाल घर बर्दिया रहेका सुनार विगत दुई वर्षदेखि बेलायत बस्दै आएका थिए। तीन महिनाअघि नेपाल गएका उनी नेपालबाट फर्किएपछि सम्पर्कविहीन रहेको सुनारकी आमाले बताएको खतिवडाले जानकारी दिए। विद्यार्थी भिसामा बेलायत आएका सुनार हाल भने वर्किङ भिसामा काम गर्दै आएको पनि उनले बताए ।

पछिल्लो समय बेलायतमा नेपालीहरु वेपत्ता हुने, आत्महत्या गर्ने र मानसिक अवस्था कमजोर हुने जस्ता घटना लगातार दोहोरिने गरेका छन् । विशेषगरी यहाँ अध्ययन सिलसिलामा आउने विद्यार्थीमा यस्ता समस्याहरु देखा परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘स्किल्ड’ भिसामा बेलायत आएका २५ वर्षीय सन्दीप तामाङ गत महिना मृत अवस्थामा फेला परेका थिए। इष्ट लन्डन युनिभर्सिटीमा अध्ययनका लागि गत सेप्टेम्बरमा लन्डन आएका मञ्जित राजभण्डारी विगत तीन महिनादेखि सम्पर्कविहिन रहेका र ‘होमलेस’ बनेको सूचना पाएपछि उनको उद्धार पहल शुरु भएको छ ।

यो सामाग्री नेपाली लिङ्कबाट सिधै प्रकाशित गरिएको हो । यसमा खसोखासको सम्पादकीय संलग्नता छैन । यो सामाग्रीबारे कुनै प्रश्न भएमा नेपाली लिकमा सम्पर्क गर्नुहोला । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com