लन्डनमा तीन महिनादेखि सम्पर्कविहिन नेपाली विद्यार्थी बने ‘होमलेस’, उद्धार प्रयास शुरु


प्रकाशित मिति : माघ २४, २०८० बुधबार

लन्डनमा विगत तीन महिनादेखि सम्पर्कविहिन रहेका एक नेपाली विद्यार्थीको खोजी शुरु भएको छ। सहपाठी साथीभाइ र परिवारसमेतको सम्पर्कमा नरहेका मञ्जित राजभण्डारी ‘होमलेस’ बनेको सूचना पाएपछि उनको उद्धार पहल शुरु भएको हो।

लन्डन इष्ट लन्डन युनिभर्सिटीमा अध्ययनका लागि गत सेप्टेम्बर महिनामा लन्डन आएका उनी झन्डै तीन महिनादेखि सम्पर्कविहिन थिए।

गत सोमबार मात्रै लन्डन वुल्लीच आर्सनल पार्कमा ‘होमलेस’ अवस्थामा भेटिएको थाहा पाएपछि उनका सहपाठी साथीहरुले खोजीको पहल शुरु गरेका हुन्।

मञ्जितका सहपाठी राजकुमार तामाङले नेपालीलिंकलाई दिएको जानकारी अनुसार मञ्जित युनिभर्सिटीका साथीभाइसँग सम्पर्कमा नरहेको तीन-चार महिना पुगिसक्यो। वीन्टर होलिडेपछि उनी कसैको सम्पर्कमा थिएनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत सोमबार मञ्जितलाई चिन्ने कसैले उनलाई वुल्लीच आर्सनल पार्कमा होमलेस अवस्थामा भेटेपछि सहपाठीहरुलाई खबर गरेका थिए।

मञ्जितले आफू होमलेस बनेको, ट्रेन स्टेसन र पार्कहरुमा सुत्ने गरेको, मोबाइल फोन पनि नबोकेकोजस्ता कुरा बताएको थाहा पाएलगत्तै साथीहरु उनलाई भेट्ने आशामा वुल्लीच पुगेका थिए। तर, उनी त्यहाँ नभेटिएपछि उनीहरुले नेपालमा हेटौंडास्थित मन्जितको परिवारलाई सम्पर्क गरेका थिए।

मञ्जितको परिवारले पनि झन्डै तीन महिनादेखि सम्पर्क नभएको बताएको छ। उनलाई विगतमा मानसिक स्वास्थ्यमा समस्या देखिएको तर निको भएर बेलायत पठाएको परिवारले बताएको छ।

मञ्जितको खोजीमा जुटेका साथीहरुले उनलाई भेटे वा उनीबारे कुनै जानकारी पाए आफूहरुलाई सम्पर्क गरिदिन आव्हान गरेका छन्।

उनलाई फेला पारेर परिवारकै जिम्मामा नेपाल पठाउने सल्लाह उनको परिवारसँग भएको खोजीमा जुटेका तामाङले  बताए।

यो सामाग्री नेपाली लिङ्कबाट सिधै प्रकाशित गरिएको हो । यसमा खसोखासको सम्पादकीय संलग्नता छैन । यो सामाग्रीबारे कुनै प्रश्न भएमा नेपाली लिकमा सम्पर्क गर्नुहोला । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com