लन्डनमा मृत भेटिएका सन्दीप तामाङ ललितपुर नखिपोटका, परिवारसँग भयो सम्पर्क


प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार

गतसाता लन्डनमा मृत फेला परेका २५ वर्षीय सन्दीप तामाङको परिवारसँग अन्तत: सम्पर्क स्थापित भएको छ । ललितपुर नखिपोट बस्ने उनको परिवारसँग सम्पर्क भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपालले मृतकको परिवारसम्म पुग्न सफल भएको जानकारी  दिए। पारिवारिक स्रोतका अनुसार तामाङ केही समयअघि ‘स्किल्ड’ भिसामा बेलायत आएको र पछिल्लो समय परिवारसँग समेत सम्पर्कमा नरहेको पाइएको उनले बताए।

नेपाली दूतावास लण्डन

तामाङको शव बुझ्ने र नेपाल लैजाने वा बेलायतमै अन्त्येष्टि गर्ने जस्ता विषयमा दूतावासले अब उनको परिवारसँग सल्लाह गर्ने नेपालले जनाए। तामाङको मृत्‍युको कारण अझै स्पष्ट भइनसकेको र दूतावासले बेलायती प्रहरीसँग थप जानकारी माग गरेको जनाइएको छ।

यसअघि तामाङको शव यही जनवरी २० तारिखका दिन फेला परेको बेलायती प्रहरीले जनाएको थियो । बुधबार लन्डन हेज क्षेत्रको प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई इमेल लेख्दै तामाङको शव भेटिएको जानकारी गराउंदै उनको पहिचानका लागि सघाउन आग्रह गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

a police officer riding a motorcycle on a city street
लण्डन प्रहरी

अन्य विवरण उपलब्ध नरहेपनि लन्डन हेज प्रहरीले खबर गरेका कारण सोही क्षेत्र आसपासमा उनको शव भेटिएको अनुमान गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com