विश्वभर लामो खडेरी र चरम सुक्खा बढ्दै , समुद्रको सतह बढ्यो


प्रकाशित मिति : माघ २५, २०८० बिहीबार

A deserted street is pictured in Khartoum on May 1, 2023 as deadly clashes between rival generals’ forces have entered their third week. – The top United Nations humanitarian official is heading to the Sudan region due to the “rapidly deteriorating humanitarian crisis” in the conflict-racked country, the UN chief said. (Photo by AFP)

विश्वव्यापी तापक्रमलाई अब एक दशमलव पाँच सेल्सियसभन्दा धेरै बढ्न नदिएमा जलवायु परिवर्तनको सबैभन्दा हानिकारक प्रभावबाट बच्न सकिने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

तर गएको अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२३ को फेब्रुअरीदेखि यो वर्षको जनवरीसम्म विश्वको तापक्रम वृद्धि एक दशमलव ५२ डिग्री सेल्सियल्स पुगेको हो । जलवायु परिवर्तनको भयावह अवस्थाबाट बच्नका लागि तापक्रमलाई औद्योगिक क्रान्तिको समय अर्थात् १८५० को आसपासमा जस्तो एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्नुपर्ने हुन्छ ।

तापक्रम वृद्धिका लागि मानवीय गतिविधि नै मुख्य हुन् । यसलाई सन्तुलनमा राख्न खनिज इन्धन अर्थात् जीवाश्म इन्धनको प्रयोग निकै नै घटाउनुपर्ने देखिएको छ । सन् १९४० को दशकमा तापक्रमको वृद्धि वार्षिक शून्य दशमलव दुई डिग्री सेल्सियसको आसपास थियो, त्यसपछि लगातार बढिरहेको छ । तापक्रम बढेर जलवायु परिवर्तन हुँदा विश्वभर लामो खडेरी र चरम सुक्खा बढ्दै गएको छ ।

पहिलो पटक विश्वव्यापी तापक्रम एक वर्षमै एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा धेरैले बढेको छ । युरोपेली सङ्घको जलवायु सेवाका अनुसार तापक्रमको रेकर्ड राख्न थालेपछि अहिलेसम्म विश्वको तापक्रम एक वर्षमा एक दशमलव पाँच डिग्री सेल्सियसले बढेको थिएन । विश्वका नेताहरूले सन् २०१५ मा दीर्घकालीन तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्ने प्रतिज्ञा गरेका थिए । यदि संयुक्त राष्ट्र सङ्घको लक्ष्य पनि यही हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक्कासी मुसलधारे पानी पर्ने र बाढी पहिरोका घटना धेरै भइरहेका छन् । हिमाली क्षेत्र र ध्रुवीय क्षेत्रहरूमा एकातिर कम हिमपात भइरहेको छ, अर्कोतिर हिउँ छिटो छिटो पग्लिरहेको छ । समुद्रको सतह बढ्दै गएको छ । हिमनदीहरू द्रूत गतिमा बढेका छन्, हिमतालको सङ्ख्या बढेको छ, ताल फुट्ने सम्भावना बढेका छन् । एजेन्सीहरु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com