सौरमासअनुसार साउनको पहिलो सोमबार, देशभरका शिवालयमा बिहानैदेखि भीड


प्रकाशित मिति : श्रावण १, २०८० सोमबार

सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पशुपतिनाथ मन्दिरमा विशेषगरी साउनको सोमबारको व्रत बसेका महिला भक्तजनको उपस्थिति बाक्लो छ । हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनले पशुपति क्षेत्र ढाकेका देखिन्छन् । विभिन्न धार्मिक समूहले साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क भोजन, तथा पानी वितरण गरिरहेका छन् ।

पशुपति क्षेत्रमा सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत उचित व्यवस्था गरिएको कोषले जनाएको छ । “जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् । सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाएका छौँ”, पराजुलीले भन्नुभयो । उहाँका अनुसार प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद, सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिएका छन् । महाशिवरात्रि र तीज पर्वमा जस्तै दर्शन तथा सुरक्षाको व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“साउनको सोमबार रू सात हजार पाँच सयभन्दा कमको विशेष पूजा गराइएको छैन भने वासुकीनाथको मन्दिरमा रू तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइएको छैन”, पराजुलीले भन्नुभयो । दुवै मन्दिरमा एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन् । साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । साउन महिना र सोमबार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गरेको जनाइएको छ ।

आज पशुपतिनाथ मन्दिरमा पूर्वउपसभामुख चित्रलेखा यादव, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उहाँकी पत्नी गायत्री नेपाललगायतले पशुपतिनाथ मन्दिरमा दर्शन गरिसक्नुभएको कोषले जनाएको छ । यसैगरी भारतका लोक सेवा मन्त्री देवेन्द्रसिंह भोलेशले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधना गर्नुभएको छ ।

सौरमासअनुसार आजको सोमबार शुद्ध मानिने भएकाले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथलाई अर्पण गर्ने भक्तजनको लर्को लागेको छ । भगवान् शिवले शुद्ध जल रुचाउने भएकाले वाग्मती शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको भीड लागेको हो ।

साउन २ गतेदेखि अधिकमास लाग्ने भएकाले अर्को सोमबार व्रत गर्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ । कति भक्तजनले भने चान्द्रमासअनुसारको पहिलो सोमबार अर्थात् गत सोमबारदेखि नै व्रत सुरु गरेका छन् । सौरमासअनुसार यो वर्षको साउनमा पाँच वटा सोमबार परेको छ ।

यसैगरी राजधानीका गोकर्णेश्वर, वाणेश्वर, नागेश्वर, डोलेश्वरलगायत देशभरमा शिवालयमा भक्तजनको भीड लागेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com