पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यले दिने उपचार खर्च नलिने


प्रकाशित मिति : श्रावण २५, २०७४ बुधबार

श्रावण २५, २०७४- पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई आज अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २० गते प्रोस्टेटको शल्यक्रियापश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल, भक्तपुरमा रहेका संयोजक भट्टराई स्वास्थ्यमा सुधार भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनलाई अझै दुई हप्ता घरमै आराम गर्न चिकित्सकको सल्लाह छ । उनको शल्यक्रिया डा. राकेशकुमार बर्माको टोलीले टीयुआरपी प्रविधिबाट गरेको थियो ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबै विशिष्ट व्यक्तिहरुले सम्भव भएसम्मको उपचार स्वदेशमा गर्नुपर्ने बताए । उनले उपचारमा संलग्न चिकित्सक र टोलीलाई विशेष धन्यवाद दिए । शल्यक्रिया र उपचारका क्रममा ६५ हजार रुपैयाँ खर्च लागेको र औषधीमा २० हजार खर्च भएको उल्लेख गर्दै सबै खर्च आफैंले व्यहोर्ने र राज्यबाट कुनै आर्थिक सहयोग नलिने पनि बताए ।

पत्रकार सम्मेलनमा डा. राकेश बर्माले विशिष्ट व्यक्तिहरु सामान्य उपचारका लागि समेत विदेश गइरहेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेजर शल्यक्रिया नेपालमै गराउँदा आफूलाई खुशी लागेको र हौसला मिलेको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com