स्व. पत्रकार बोहराकी पत्नीको मृत्यु


प्रकाशित मिति : श्रावण २५, २०७४ बुधबार

कञ्चनपुरका स्वर्गीय पत्रकार कर्ण बोहराको मृत्यु भएको आठ महिनापछि उहाँकी पत्नी ममताको मंगलबार बिहान मृत्यु भएको छ ।

मिर्गौला रोगबाट ग्रसित ममताको भारतको उत्तराखण्डस्थित खटिमामा उपचारका क्रममा मृत्यु भएको उहाँका भाई गणेश थापाले जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपणका लागि भारतको मेदान्त अस्पतालमा रहनुभएका उहाँलाई प्रत्यारोपणको प्रक्रियामा लैजाँदै गर्दा क्षयरोगसमेत देखिएको थियो ।

उहाँको बुधबार महाकाली नदीमा अन्त्येष्टि गरिने बताइएको छ ।

आठ महिनाअघि पत्नी ममतालाई काठमाडौँमा उपचार गराइरहेका बोहराको कुरुवा बसेकै अवस्थामा अचानक निधन भएको थियो । २०३५ असार २२ गते बझाङको स्याँडी गाविस–६ मा जन्मिनुभएका बोहरा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको २०६८ देखि २०७१ सम्म अध्यक्ष रहनुभएको थियो ।

बोहरा महेन्द्रनगरबाट प्रकाशित ‘पश्चिम नेपाल’ दैनिकका प्रकाशक तथा ‘रेडियो पश्चिम नेपाल एफएम’का सञ्चालक रहनुभएको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com