जोशीको उम्मेदवारी कायम राखी निर्वाचन गर्नुपर्ने आईसीसी सचिवालयको ठहर


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

एनआरएन आईसीसीको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयले गौरीराज जोशीको एनसीसी युएसएको निर्वाचन आयोगमा रितपूर्वक आवश्यक कागजात पेश गरी तोकिएको मितिमा अध्यक्ष पदमा मनोनयन गरेको देखिन आएको भन्दै जोशीको उम्मेदवारी कायम राखी निर्वाचन गर्नुपर्ने ठहर गरेको छ । एनआरएन अमेरिकाको सन्दर्भमा हिजो (अगस्त ७) बसेको एनआरएन आईसीसीको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले यस्तो ठहर गरेको हो ।

सन् २००६ को जनवरी २१ देखि न्याक नै एनसीसी युएसएको रुपमा कार्यरत रहेको, गौरीराज जोशी न्याक अथवा एनसीसी युएसएमा सन् २००७ देखि सन् २००९ कार्यकालमा कार्यकारी पदमा काम गरेको र गौरीराज जोशीले एनसीसी युएसएमा एक कार्यकाल काम गरिसकेकाले आईसीसीको विधानको दफा २३ को ११ अनुशार एनसीसी युएसएको अध्यक्ष पदमा उम्मेदवार बन्न योग्य ठहरिने अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकको ठम्याई रहेको छ ।

अगस्त ७ मा बसेको बैठकले जोशीको उम्मेदवारी काम हुनुपर्ने निष्कर्ष निकालेको भन्दै महासचिव बद्री केसीले एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि रिजनल कोअर्डिनेटर सोनाम लामा र डेपुटी रिजनल कोअर्डिनेटर एसी शेर्पाका नाममा अगस्त ८ मा  पत्र लेखेका छन् । सोही पत्र २४ घण्टाभित्र एनआरएन युएसएलाई फरवार्ड गर्न आरसी र डिआरसीलाई अनुरोध समेत गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com