पुनको आविस्कार केन्द्रलाई सहयोग जुटाउदै अष्ट्रेलियाबाट पौडेल


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

नेपालमा राष्ट्रिय अविस्कार केन्द्र बनाउने डा.महाबिर पुनको अभियानलाई सघाउन अष्ट्रेलियाका युवा विनोद पौडेलले अभियान थालेका छन् । पौडेलले गोफण्डमीमार्फत आर्थिक संकलन अभियान सुरु गरेका हुन् ।

राष्ट्रिय आविश्कार केन्द्र खोल्ने पुनको अभियानलाई सघाउन विश्वब्यापी अभियानहरु भइरहेको सन्दर्भमा पौडेले आर्थिक संकलन अभियान चलाएका हुन् । पौडेल विदेशमा रहेका सृजनशिल युवाको ज्ञान नेपालमा उपयोग गर्नका लागि आमाले बोलाउनु भयो अभियानका परिकल्पनाकार र संस्थापक आभियान्ता तथा स्मार्ट राइनो गु्रप अष्ट्रेलियाका सीईओ हुन् ।

पौडेलले देशविदेशमा रहेका सबै नेपालीहरुलाई पुनको अभियानमा सघाउन आग्रह समेत गरेका छन् । सहयोग गर्न चाहनेहरुले गोफण्डमीमार्फत
डोनेशन गर्नसक्ने जनाइएको छ ।

सहयोगका लागि यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com