न्युयोर्कमा दुर्गा मन्दिर र साँस्कृतिक केन्द्र बनाउन महापुराणको तयारी


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

न्युयोर्कको रिजउडमा दुर्गा मन्दिर र साँस्कृतिक केन्द्र बनाउन दोश्रो बृहत श्रीमद् भागवत महापुराणको तयारी तीब्र पारिएको छ । रिजउड नेपाली समाजले आगामी दुईबर्षभित्र दुर्गा मन्दिर र साँस्कृतिक केन्द्र निर्माणको लक्ष्य सहित महापुराणको आयोजना गरेको हो ।

महापुराण यही अगस्त २३ देखि २९ सम्म न्युयोर्कको सत्यनारायण मन्दिरमा हुनेछ । बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद भागवत महापुराणको बाचन गर्नुहुने भएको छ ।

महापूराणबारे विस्तृत विवरण यहाँ हेर्न सक्नुहुनेछ । महापूराणबारेको पोष्टर ।

रिजउड नेपालीसमाजले दुर्गा मन्दिर र साँस्कृतिक केन्द्र निर्माणका लागि रिजउडमा सन् २०११ मा नै ५ हजार बर्गफुटको जग्गा खरिद गरिसकेको छ । तर रकम अभावमा दुर्गा मन्दिर र साँस्कृतिक केन्द्र भने निर्माण हुन सकेको छैन । दिनानुदिन बढ्दै गइरहेको नेपाली आगमन र अमेरिकामा जन्मेका बालबालिकाहरुलाई सांस्कृतिक केन्द्रका माध्यमबाट एक असल संस्कारी नेपालीको पहिचान दिन सकियोस् भन्ने उद्देश्यले दुर्गा मन्दिर र साँस्कृतिक केन्द्र निर्माण गर्न लागिएको रिजउड नेपाली समाजले जनाएको छ ।

प्रसाद र हल स्पोन्सर गर्न तथा त्यसबारे जान्न यहाँ क्लिक गर्नुहोला ।

रिजउड नेपाली समाज विसुद्ध सामाजिक सेवाको भावनाले स्थापित गैर राजनितीक तथा गैर नाफामुलक संस्था हो । नेपाल र नेपालीको धर्म कला, संस्कृति र परम्पराको जगेर्ना गरी रिजउड तथा अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका नेपालीहरुमा आइपर्ने विविध समस्या समाधानमा सहयोग पुु¥याउने उद्देश्यले सन् २००३ मा नयुयोर्क राज्यमा दर्ता भएको हो ।

मन्दिर पूर्णरुपमा निर्माण भइसकेपछि यस्तो हुनेछ । तर अहिलेका लागि भने बेसमेन्ट र एकतला बनाउने तयारी भइरहेको छ ।


महापुराणबाट दुर्गा मन्दिर र साँस्कृतिक केन्द्र निर्माणका लागि १० लाख डलर संकलनको लक्ष्य लिइएको छ । महापुराणका लागि १ हजार ८ जनाको मुल समारोह समिति गठन गरिने, वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलको प्रमुख बाचकत्वमा संगीतमय धारावाहिक प्रवचन हुने, संयुक्त राज्य अमेरिकाका सकेसम्म सम्पूर्ण राज्यका महानुभावहरुलाई प्रतिनिधित्व गराइने, नेपाल सरकारका प्रतिनिधि÷न्यूयोर्कका मेयर तथा विभिन्न धर्मगुरुद्वारा समुदघाटन गरिने, १०८ कलश सहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगरपरिक्रमा गरिने, दैनिक ५०० देखि १००० जनासम्म कार्यक्रम स्थलमा उपस्थित गराईने, नजिकका राज्यबाट पाल्नुहुने भक्तजनहरुको लागी सुलभ बसको व्यबस्था मिलाइने , दैनिक उपस्थित ५०० देखि १००० जना सम्मलाई भोजन प्रशादीको व्यबस्था मिलाइने, विमानस्थलदेखि कार्यक्रम स्थल सम्म तथा बसस्टप देखि कार्यक्रम स्थल सम्म सुलभ यातायातको व्यवस्था मिलाइने , दैनिक ३०० देखि ५०० जनासम्म चन्दादाता महानुभावहरुलाई प्रसंशापत्रद्वारा सम्मान गरिने , दैनिक छुट्टै विशष्ट व्यक्तित्वहरुलाई प्रमुख आतिथ्यको व्यवस्था गर्ने आयोजकले जानकारी दिएका छन् ।

महापुराणबारेको प्रेस वक्तब्यको पूर्णपाठ यहाँ उपलब्ध छ ।

महापूराणका लागि २१ वटा विभिन्न उप—समिती गठन र कार्य विभाजन गरिएको छ ।

१ हजार ८ सदस्यीय मुल समारोह समितिमा अध्यक्ष रवि किरण कोइराला रहनुभएको छ भने संयोजक राजेश भट्ट हुनुहुन्छ । त्यस्तै आर्थिक उपसंयोजकहरुमा तुलसीराम आचार्य, सुमन शाह, विराज रिजाल र हरिप्रसाद काफ्ले रहनुभएको छ । त्यस्तै चन्दादाता संकलन तथा ट्रस्टी उपसंयोजकमा बेदप्रसाद खरेल रहनुभएको छ । समन्वय उपसंयोजकमा दीपकराज काफ्ले, विज्ञापन सामाग्री वेवसाइट उपसंयोजक सहकुल खत्री, प्रचारप्रसार उपसंयोजक भुवनेश्वर अधिकारी र अग्नी ढकाल, संचार उपसंयोजकमा खसोखास साप्तहिक, प्रसाद उपसंयोजकमा जगन्नाथ पराजुली र कृष्ण दाहाल, भजन उपसंयोजकमा गोपी ढुंगाना र मोहन गौतम, साउण्ड सिस्टम तथा क्यामेरा उपसंयोजकमा मिलन कुमार शाही, स्वयंसेवक तथा सुरक्षा उपसंयोजकमा राजेश सापकोटा र सुनिल पौडेल रहनुभएको छ ।

महापुराणबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट ।


त्यस्तै अतिथि सत्कार तथा जनसम्पर्क उपसंयोजकमा रवि किरण कोइराला, राजेश भट्ट, मोहन ज्ञवाली, श्री पराजुली, बेदप्रसाद खरेल, सरोज श्रेष्ठ, दिपकराज काफ्ले र अमित शाह रहनुभएको छ । यातायात उपसंयोजकमा धनेश लामिछाने र रञ्जित मल्ल ठकुरी रहनुभएको छ । फ्रन्ट डेस्क तथा रिसेप्सन उपसंयोजकमा हेमरत्न शाही हुनुहुन्छ भने महिला तथा बालबालिका उपसंयोजकमा कमला निरौला र शुस्मा पन्थ रहनुभएको छ । मण्डप श्रृंगार उपसंयोजकमा कृष्ण पन्त, सर्टिफिकेट तथा अवार्ड उपसंयोजकमा नवराज खड्का, मेडिकल टिम उपसंयोजकमा सुनिता भण्डारी पुजा सामाग्री उपसंयोजकमा पंडित हरिनारायण सापकोटा, कलश यात्रा उपसंयोजकमा पण्डित उद्धव शास्त्री र संजिता कोइराला रहनुभएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com