एनआरएन अमेरिकाको चुनाव रोक्न अमेरिकी अदालतमा मुद्दा


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

एनआरएन अमेरिकाको निर्वाचन रोक्न माग गर्दै टेनिसीको अदालतमा मुद्दा दायर गरिएको छ । एनआरएन अमेरिकाको सन् २०१५ देखि २०१७ सम्मको एनसीसी बोर्ड, एनआरएन अमेरिकाको निर्वाचन आयोग र निर्वाचन आयोगका सदस्यहरु बन्दिता शर्मा, विश्व बराल, भुवन गुरुङ र अन्जन श्रेष्ठलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको छ ।

एनआरएन अमेरिकाको अध्यक्ष पदका दावेदार गौरी जोशी र महासचिव दावेदार पूर्णचन्द्र बानियाका तर्फबाट टेनिसीको नोक्सभिलमा रहेको नोक्स काउन्टी अदालतमा मुद्दा दायर भएको हो । टेनिसीका कानुन व्यवसायी जे एन च्याम्नेसले मुद्दाको प्रतिनिधित्व गरेका छन् ।

हिजो सोमबार अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ । तर अदालतलका तर्फबाट कुनै कागजात प्राप्त नभएको एनआरएन अमेरिकाको निर्वाचन आयोगले जनाएको छ । मुद्दाको प्रतिलिपी जोशी र बानियाका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीले सोमबार बेलुका निर्वाचन आयोगलाई पठाएका थिए । मुद्दासँगै गौरी जोशीको उम्मेदवारी सदर गर्न माग गर्दै विभिन्न कागजातहरु पनि पेश गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com