मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

श्रावण २४, २०७४

मोबाइल चार्ज गर्ने क्रममा सोमबार बिहान करेन्ट लागेर सिकिस्त पोखरा–१९ घार्मीमा ३० वर्षीय सन्तोष सुनारको मृत्यु भएको छ । उनका आफन्त जीतबहादुर सुनारका अनुसार उपचारार्थ गैह्रापाटनस्थित फिस्टेल अस्पताल पुर्‍याएपछि चिकित्सकले बाटामै मृत्यु भइसकेको बताएका थिए । करेन्ट लागेका सन्तोषको हातमा आगोले डामेको जस्तो र दुवै पैताला छेडिएको थियो । उक्त समयमा हाइ भोल्टेजकै कारण घार्मीका दुई घरमा टेलिभिजन पडकिएका थिए । उनको शव पोस्टमार्टम गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com