‘एनआरएन अमेरिकाको निर्वाचन तोकिएको समयमै हुन्छ’ – दाहाल


प्रकाशित मिति : श्रावण २३, २०७४ सोमबार

एनआरएन अमेरिकाको निर्वाचन तोकिएको समयमा गर्न आफूहरु प्रतिबद्ध रहेको एनआरएन अमेरिकाकी प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालले बताउनुभएको छ । खसोखाससँग कुरा गर्दै उहाँले भन्नुभयो – ‘हामीलाई निर्वाचन स्थगित गर्ने सन्दर्भमा कतैबाट केही आएको छैन । त्यसैले तोकिएको समयमै निर्वाचन गर्न हामी प्रतिबद्ध छौं ।’

एनआरएन अमेरिकाको निर्वाचन अगष्ट ११ र १२ मा हुने भनिएको छ । यसैबीच एनआरएन अमेरिकाको निर्वाचन रोक्न टेनीसी अदालतले आज अन्तरिम आदेश जारी गरेको समाचार प्रकाशित भएको छ । तर यसबारे आफूलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभएको छ ।

एनआरएन अमेरिकाको चुनावबारे जारी विवाद र हस्तक्षेपका कारण चुनाव हुने नहुनेमा अन्यौल सृजना भएको छ । तोकिएको समयमा निर्वाचन हुन नसक्नेमा आशंका व्यप्त रहेको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com