एनआरएन अमेरिका : महिला उम्मेदवार कम


प्रकाशित मिति : श्रावण २३, २०७४ सोमबार

एनआरएन आईसीसीमा अमेरिकाका तर्फबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्य र एनआरएन अमेरिकाका अन्य पदाधिकारीहरुका लागि परेको उम्मेदवारीमा महिला उम्मेदवारहरुको संख्या निकै कम रहेको छ ।

आईसीसी बोर्ड सदस्य र एनआरएन अमेरिकाका विभिन्न पदहरुमा ८० जनाको उम्मेदवारी परेको छ, जसमध्ये महिला जम्मा १५ जना रहेका छन् । जसमध्ये ३१ जना निर्वाचित हुनेछन् ।

उम्मेदवारी परेकाहरुमध्ये सबैमहिलाहरु निर्वाचित भएमा पनि कुल निर्वाचित संख्याको पचास प्रतिशतभन्दा कम हुनेछ । तर महिलाको नेतृत्व स्वीकार्न हिच्किचाउने मानसिकताको कारण उम्मेदवारी दिएका महिलाहरुमध्ये सबै निर्वाचित हुने सम्भावना छैन ।

आईसीसीमा प्रतिनिधित्व गर्ने बोर्ड सदस्यमा ८ जना निर्वाचित हुनुपर्नेमा १२ जनाको उम्मेदवारी परेको छ । जसमध्ये महिलाहरु जम्मा तीनजनामात्र रहेका छन् । उनीहरुमध्ये बनिता कतिला यस अगाडिको कार्यकालकी उपाध्यक्ष हुन् भने बन्दना कोइराला २०१५ देखि २०१७ सम्मको कार्यकालकी उपाध्यक्ष हुन् । चर्चित महिला नेतृ गोमा सेनले पनि एनआरएन एनसीसीमा एक कार्यकाल काम गरिसकेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै एनआरएन अमेरिकाको अध्यक्ष पदमा चारजना उम्मेदवारहरुमध्ये महिला एकजनामात्र छिन् । उनी हुन् रविना थापा । सन् २०१५ देखि २०१७ सम्मको कार्यकालमा उपाध्यक्षका रुपमा काम गरिसकेकी रविना थापा लोकप्रिय उम्मेदवार हुन् । बाल्टिमोरमा रहेर विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभव छ उनीसँग ।

त्यस्तै बरिष्ठ उपाध्यक्ष पदमा कुनै पनि महिलाको उम्मेदवारी परेको छैन भने अमेरिकाको मध्यपश्चिमको क्षेत्रीय उपाध्यक्षमा राधा पौडेलको उम्मेदवारी परेको छ । पौडेलसँग पनि सन् २०१५ देखि सन् २०१७ सम्म एनआरएन एनसीसी अमेरिकामा काम गरेको अनुभव छ ।

उत्तरपूर्वको क्षेत्रीय उपाध्यक्षमा कुनै महिलाको उम्मेदवारी परेको छैन । दक्षिणको क्षेत्रीय उपाध्यक्षमा भने एकजना महिला केमिका भण्डारीको उम्मेदवारी परेको छ ।

पश्चिम क्षेत्रीय उपाध्यक्षमा एकजना महिला उमा कार्की थापाको उम्मेदवारी परेको छ भने महासचिव जस्तो महत्वपूर्ण पदमा भने कुनै पनि महिलाको उम्मेदवारी परेको छैन । सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा पनि महिलाको उम्मेदवारी परेको छैन । महिला संयोजक पदमा स्वभाविक रुपमा इन्दिरा त्रिपाठी र लक्ष्मी खरेलको उम्मेदवारी परेको छ । युवा संयोजक पद निर्विरोध भएपनि महिला संयोजक पद निर्विरोध हुन सकेन ।

बोर्ड सदस्यमा उम्मेदवारी दिनेमा पनि अधिकांश पुरुषहरु छन् । महिलाबाट पुष्पलता भण्डारी, गुन्जना पाण्डे, तृष्णा शर्मा, बिन्दु सापकोटा, दिब्या केसी र संगिता मुखियाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिएका सबै पदमा महिला विजयी भएपनि कुल ३१ पदमा जम्मा १४ जना महिलामात्र निर्वाचित हुनेछन् । जुन पचासप्रतिशतभन्दा कम हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com