श्रावण २३, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाका सारथी कम भएकाले होला, थरीथरीका निर्देशन दिन र निरीक्षण गर्न आफैँ धाई फाल हालेर दस दिशा कुदेको र ती निर्देशन रद्दीको टोकरीमा फालिएको देख्दा मन्त्री महोदयको संख्या अझै थपेदेखि यिनलाई अलिक सजिलो हुन्थ्यो कि जस्तो लाग्यो ।
आखिर लाखौं कार्यकर्ता त यिनकै दलमा छँदैछन् । कथंकदाचित नपुग भएमा सहयात्री पार्टी माओवादी केन्द्रबाट थपथाप गरे भैहाल्छ । बाठो हुँ भन्ने यिनले यति तरिका पनि नजानेको देख्दा मान्छेहरू अलमलमा छन् । यिनका वरिपरि झुुम्मिने आसेपासेहरूले के सल्लाह दिने गरेका छन् कुनि ?
मेरो सल्लाह मान्ने हो भने धमाधम जाँगरिला मन्त्री थपेर काम विभाजन गरिदिए हुन्छ । सहरका नाली बनाउन नाली मन्त्री, खाल्टा पुर्न खाल्टे मन्त्री, बाढी नियन्त्रण गर्न भलबाढी मन्त्री, पहिरो हेर्न पहिरे मन्त्री, छाउगोठ प्रथा हटाउन छाउ मन्त्री, पकेटमारा तह लाउन पकेट मन्त्री, नारा–जुलुस लखेट्न जुलुस मन्त्री, झाडापखाला नियन्त्रण गर्न पखाला मन्त्रीजस्ता मन्त्रीहरू थप्नसके देशमा छिट्टै अमनचैन आउनेमा कुनै शंका–उपशंका छैन ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।